काठमाडौं । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय (एमबीयुएसटी)का अध्यक्ष डा. राजेन्द्र ध्वज जोशीले विज्ञान तथा प्रविधि ऐन कार्यान्वयन नभएको भए नेपालमा विश्वस्तरको विश्वविद्यालयको कल्पनासमेत सम्भव नहुने बताएका छन्।
एमबीयुएसटीद्वारा आयोजित “विश्वस्तरीय विश्वविद्यालयतर्फको पहिलो कदम” विषयक एकदिने अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै डा जोशीले ऐन ल्याउनु महत्त्वपूर्ण भए पनि यसको प्रभावकारी कार्यान्वयन अझै चुनौतीपूर्ण रहेको औँल्याए। तर उनले सकारात्मक सन्देश दिँदै भने, “हामीले विश्वस्तरको विश्वविद्यालय बनाउने बाटो पहिल्याइसकेका छौं।”
उद्योगसँग सहकार्यको प्राथमिकता
अध्यक्ष जोशीले एरिज मसरुम फर्मसँग विश्वविद्यालयले सहकार्य (एमओयू) गरिसकेको जानकारी गराउँदै यसले उद्योगका वास्तविक समस्या समाधान गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
अनुसन्धानमा आधारित शिक्षाको परिणाम
यस वर्ष तीन जना विद्यार्थी ‘मास्टर्स बाई रिसर्च’ उपाधिबाट दीक्षित हुँदै छन्। तिनमध्ये एकजना अर्गानिक मल, एकजना किवी, र एकजना अर्गानिक तरकारीमा विशेषज्ञता हासिल गरेका छन्। तीमध्ये दुईजनाले उद्यमशीलता रोजेर अर्गानिक तरकारीको आपूर्ति र बजार व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गरिरहेको जानकारी पनि अध्यक्ष जोशीले दिए।
बजेटभन्दा ठूलो चुनौती संरचना
“बजेटभन्दा ठूलो चुनौती संस्थागत संरचना हो,” डा. जोशीले स्पष्ट पारे। उनका अनुसार यदि ८–९ करोड रुपैयाँ जुटाउन सकियो भने विश्वविद्यालयलाई अपेक्षित लक्ष्यमा पुर्याउन सकिनेछ। हालसम्म विश्वविद्यालयले १ करोड ५५ लाख रुपैयाँ जुटाइसकेको छ।
१०० रुपैयाँ दानको आह्वान
उनले नेपालभित्रका नागरिकहरू र विज्ञान तथा प्रविधि मन्त्रालयका अधिकारीहरूलाई कम्तीमा १०० रुपैयाँ दान गर्न आग्रह गर्दै विश्वविद्यालयको दीर्घकालीन विकासमा सघाउन अपिल गरे।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com