काठमाडौं । नेपालमा ओपन सोर्स प्रविधि र साइबर सुरक्षाको प्रवर्द्धनका लागि उबुन्टु नेपाल (Ubuntu Nepal) र साइबर सुरक्षा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र (Center for Cyber security Research and Innovation - CSRI) बीच औपचारिक साझेदारी भएको छ।
आइतबार राजधानी काठमाडौमा भएको साझेदारी हस्ताक्षर कार्यक्रममा दुवै संस्थाले संयुक्त रुपमा आयोजना गर्न लागेको उब-कन एशिया २०२५ (UbuCon Asia 2025) भर्चुअल सम्मेलन आगामी भदौ १३–१४ ९अगस्ट ३०–३१० मा आयोजना हुने हुने उल्लेख गरिएको छ ।
सो अवसरमा दुवै संस्थाबीच सहमति पत्र (MoU) मा हस्ताक्षर भएको छ। उबुन्टु नेपालका तर्फबाट आदित्य सिंह, उबु-कन एशिया- २०२५ (UbuCon Asia 2025) आयोजक समितिका प्रमुख, र सीएसआरआईका तर्फबाट डा। शालिग्राम पराजुली अध्यक्ष तथा डा। भोजराज घिमिरे महासचिवले हस्ताक्षर गरेका हुन्। सीएसआरआईका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा यस पहलको सुरुवात गरिएको हो।
यो समझदारी र सहकार्य केवल सम्मेलन आयोजनासम्म सीमित नभइ नेपालको सूचना प्रविधि (ICT) क्षेत्रको दीर्घकालीन विकास र ओपन(सोर्स र साइबर सुरक्षा क्षेत्रको सुदृढीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
अब सीएसआरआई ‘कम्युनिटी पार्टनर’ को रूपमा उबु(कन एशिया २०२५ मा मान्यता प्राप्त गर्नेछ। यसको लोगो तथा ब्रान्डिङ निम्न माध्यमहरूमा समावेश गरिनेछ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com