Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारी अर्थतन्त्र बलियो बनाउन विद्यमान चुनौतीहरुको समाधान आवश्यक: सचिव शर्मा

सहकारी अर्थतन्त्र बलियो बनाउन विद्यमान चुनौतीहरुको समाधान आवश्यक: सचिव शर्मा

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले सहकारी अर्थतन्त्र सबल बनाउन यसभित्र विद्यमान चुनौतीहरुको समाधान आवश्यक भएको बताउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल हुने बताउनुभएको छ । उहाँले सहकारी मुलुकको अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बा भएको बताउँदै यसलाई बलियो बनाउन हाल देखिएका चुनौतीहरुको समाधान आवश्यक भएको धारणा राख्नुभएको हो । त्यसका लागि मन्त्रालयकातर्फबाट सहयोग गर्ने विश्वास सहकारी अभियानलाई दिलाउनुभएको हो । 

राष्ट्रिय सहकारी महासंघले नवनियुक्त सचिव शर्मा तथा सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाको स्वागतमा आज आयोजना गरेको कार्यक्रममा सचिव शर्माले उक्त धारणा राख्नुभएको हो । सचिव शर्माले सहकारी क्षेत्रको सुदृढीकरणका लागि सहकारी संस्थाहरूमा क्षमता विकास र प्रारम्भिक अनुगमनलाई प्रभावकारी बनाउन महासंघ, केन्द्रीय संघ, प्रादेशिक तथा जिल्ला संघहरूले सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । 

२०८२ बैशाख ८ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा सरुवा गरेको थियो भने ढुङ्गानाले चैत ४ गतेबाट सहकारी विभागको रजिष्टरको जिम्मेवारी सम्हाल्नुभएको थियो ।  

कार्यक्रममा, सहकारी विभागका रजिष्ट्रार ढुंगानाले सहकारी सूचना प्रणाली (कोपोमिस) मा सबै सहकारी संस्थाहरूलाई नियमित रूपमा अपडेट गराउन महासंघ लगायत सम्बन्धित संघसंस्थाहरूले सहजीकरण गरे प्रणाली प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो ।

यस्तै, राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले सचिव शर्मा र रजिष्ट्रार ढुंगानालाई बधाईसँगै सफल कार्यकालको शुभकामना दिदैं कोपोमिस सम्बन्धी तालिम महासंघ तथा संघमार्फत नै प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । साथै, उहाँले सहकारी र सरकारले सहकार्य गर्दै बचत फिर्ताको माग गर्दै सडक आन्दोलनमा रहेका बचतकर्ताहरूको बचत फिर्ता हुने वातावरण सिर्जना गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका पूर्वअध्यक्ष मिनराज कडेलले सहकारी क्षेत्रमा हाल करिब ८ खर्ब रुपैयाँ बराबरको पूँजी परिचालित भइरहेको उल्लेख गर्दै उत्कृष्ट कार्य सम्पादन गर्ने सहकारी संस्थाहरूलाई प्रोत्साहन आवश्यक भएकोमा जोड दिनुभयो ।

कार्यक्रममा महासंघका सञ्चालकद्वय काशिचन्द्र बराल, परितोष पौडेल, सुमन नेपाल, राष्ट्रिय सहकारी नियमान प्राधिकरणका सचिव रविन ढकालको उपस्थिति थियो । महासंघका महाप्रबन्धक सुरेश थापाले कार्यक्रममा महासंघको गतिविधिबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

495174282_1919758908848991_31058066278108606_n.jpg
undefined
495285895_1919758915515657_7601777197285736903_n.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार