Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बंगलादेशी सहकारीकर्मीहरु पोखरा रोयलमा, सहकारी पर्यटनमा थप योगदान पुगेको विश्वास

बंगलादेशी सहकारीकर्मीहरु पोखरा रोयलमा, सहकारी पर्यटनमा थप योगदान पुगेको विश्वास

काठमाडौं । नेपाल भ्रमणमा रहेको बंगलादेशको बचत तथा ऋण केन्द्रिय सहकारी संघ (सीसीयूएलबी) को टोलीले आज पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लि. भ्रमण गरी असल अभ्यासबारे जानकारी लिएको छ । उक्त अवसरमा नेपाल र बंगलादेशको सहकारी अभियान बारे अनुभव साटासाट समेत भएको छ ।

पोखरा रोयल सहकारीको उपाध्यक्ष क्या.चन्द्रप्रसाद गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम बहादुर गुरुङ्गले स्वागत गर्नुहुँदै दुई देशको सफल सहकारीहरुको भेटले सहकारी पर्यटनमा थप योगदान गरेको र एक अर्काको असल कार्य र अनुभवले दुबै देशका सहकारीकर्मीहरु लाभान्वित भएको बताउनुभयो ।

सीसीयूएलबीका का कोषाध्यक्ष नोरेश चन्द्र विश्वासको नेतृत्वमा २९औं श्रृंखला अन्तर्गत नेपाल भ्रमणमा रहेको टोलीमा केन्द्रिय संघका सञ्चालकहरु, बंगलादेशका सहकारी विभागका एडिसनल रजिष्ट्रार, उपरजिष्ट्रार विभिन्न सहकारीका सञ्चालक तथा व्यवस्थापक गरी २० जनाको सहभागिता छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) र सीसीयूएलबी बीच १५ वर्षदेखि निरन्तर सद्भावना भ्रमण हुँदै आरहेको छ । कार्यक्रममा नेफस्कून सञ्चालक कमला देवी गिरी तथा संघका वरिष्ठ अधिकृतहरु, पोखरा रोयल सहकारीका संचालक तथा लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसिमितिका संयोजक तथा वरिष्ठ कर्मचारीहरुको उपस्थिति थियो । 

पोखरा रोयल सहकारीको समग्र गतिविधि बारे संस्थाका व्यवसाय विकास अधिकृत अभिषेक गुरुङ्गले प्रस्तुतीकरण गर्नुभएको कार्यक्रमको सञ्चालन सूचना प्रविधि विभागका अधिकृत अविनाश पौडेलले गर्नुभएको थियो । सहभागी विदेशी अतिथिहरुको जिज्ञासाको सम्बोधन संस्थाका उपाध्यक्ष चन्द्रप्रसाद गुरुङ्ग, सिईओ भीम बहादुर गुरुङ्ग र संस्थाका वरिष्ठ अधिकारीहरुले दिनुभएको थियो ।

कार्यक्रममा संस्थाका कर्मचारीहरुबाट नेपाली तथा बंगाली भाषाका गीत तथा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो । पोखरा रोयल सहकारीमा बंगलादेशका सहकारी टोलीले गरेको यो तेस्रो भ्रमण हो भने संस्थामा विभिन्न देश तथा स्वदेशभित्रका ६०० बढी सहकारी संघ संस्थाबाट १० हजार बढी सहकारीकर्मीहरुले अध्ययन अवलोकन भ्रमण गरिसकेको संस्थाका मूख्य प्रवन्धक तथा सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनुभयो ।

495581091_1191667705993956_6026169768925965016_n.jpg
undefined
495446856_1191665145994212_3099922338258957882_n.jpg
undefined
495277904_1191671389326921_8626846146143695200_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार