Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना नगरी अर्थतन्त्र राम्ररी अघि बढ्दैन

निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना नगरी अर्थतन्त्र राम्ररी अघि बढ्दैन

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना नगरी अर्थतन्त्र राम्ररी अगाडि बढ्न नसक्ने भन्दै सोही दिशामा सरकारले काम गर्ने बताउनुभएको छ । उद्योग वाणिज्य महासंघले आज आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मन्त्री पौडेलले भन्नुभयो, ’निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गर्छ । निजी क्षेत्रको मनोबल नबढाई, रोजगारी सिर्जना नगरी अर्थतन्त्र राम्ररी अगाडि बढ्न सक्दैन ।’

त्यसैले उद्योगी व्यवसायीहरुका समस्या समाधानका लागि सरकार क्रियाशील रहेको उहाँले बताउनुभयो ।  ‘अहिलेको सरकार निजी क्षेत्रका कुरा सुनरे उपयुक्त हिसाबाले समस्या समाधानका लागि व्यग्र छ,’ मन्त्री पौडेलले भन्नुभयो ।  उहाँले सरकार बनेलगत्तै अर्थतन्त्रको सिथिलता कसरी चिर्ने भनेर छलफल गरी कानुनी व्यवधान अध्यादेशको माध्यमबाट सम्बोधन गर्ने कोसिस गरेको समेत उहाँले बताउनुभयो । 

त्यस्तै, निजी क्षेत्रको समस्या सम्बोधन गर्न कानुन संशोधनको प्रक्रियाबाट मात्रै पनि पर्याप्त नहुने भन्दै उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरेको जानकारी उपप्रधान एवम् अर्थमन्त्री पौडेलले गराउनुभयो ।  निजी क्षेत्रको समेत प्रतिनिधित्व भएको सो आयोगले दिएका सुझावलाई क्रमशः कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त पनि गर्नुभयो । बजेटको माध्यमबाट, कानुनको माध्यमबाट र कार्यकारी निर्णयको माध्यमबाट क्रमशः माग सम्बोधनको प्रयास गर्ने मन्त्री पौडेलले बताउनुभयो । 

WhatsApp Image 2025-05-11 at 09.30.44_3c03613d.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार