Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
कोअपरेटिभ म्यानेजर्स क्लब पर्सा

सहकारीमा पुँजी पर्याप्तता सिद्धान्त र गणनासँगै नियामकीय निर्देशनहरुबारे पर्सामा गोष्ठी सम्पन्न

सहकारीमा पुँजी पर्याप्तता सिद्धान्त र गणनासँगै नियामकीय निर्देशनहरुबारे पर्सामा गोष्ठी सम्पन्न

वीरगन्ज । कोअपरेटिभ म्यानेजर्स क्लब पर्साको आयोजना ‘नियमकीय निर्देशन र पूँजी पर्याप्तताः सिद्धान्त र गणना कार्यान्वयन’ सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी पुजन होटेल वीरगन्जमा शनिबार सम्पन्न भएको छ ।

क्लबका अध्यक्ष रविभुषण श्रीवास्तवलको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् मधेश प्रदेशका संयोजक विश्वनाथ मण्डल रहनुभएको थियो ।

राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगमा भएको कार्यशाला गोष्ठीको उद्घाटन गर्दै बैंकका सञ्चालक मण्डलले सहकारीहरूको समुचित व्यवस्थापन र वित्तीय अनुशासन आवश्यक रहेको बताउनुभयो ।

वित्तीय अनुशासन पालना नगर्दा पछिल्लो समय सहकारीहरूमा केही समस्या देखिएता पनि त्यसको विस्तारै सुधार हुँदै गएको उल्लेख गर्दै पुँजी पर्याप्तता जस्ता नियमनकारी मानकहरू सहकारीको सुदृढ भविष्यका लागि अनिवार्य रहेको उहाँले बताउनुभयो । सहकारी संस्थाहरुले नियमकिय निर्देशनहरूको पालना गर्दै जोखिम व्यवस्थापन, पारदर्शिता र उत्तरदायित्वमा विशेष ध्यान दिनुपर्ने मण्डलको जोड थियो ।

कार्यशाला गोष्ठीमा सहजीकरण गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी संघ संस्थाको विश्वास वृद्धि एवम् दिगोपनका लागि सहकारी आफैले स्वनियमनलाई प्रभावकारी बनाउने र सक्षम निकायबाट सहजीकरण एवम् कडाइका साथ नियमन गरिनुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको धारणा राख्नुभयो ।

कार्यक्रमको प्राविधिक सत्रअन्तर्गत सहभागीहरूलाई पुँजी पर्याप्तताको मापदण्ड, यसको गणना विधि, जोखिम वर्गीकरण तथा नेपाल राष्ट्र बैंक र सहकारी विभागका नियमहरूका विषयमा गुरागाईले सहजीकरण गर्नुभएको थियो ।

cmc-parsa-4-1024x768.jpg
undefined

गोष्ठीमा क्लबका संस्थापक अध्यक्ष जिष्णु वराल, निवर्तमान अध्यक्ष चन्डेश्व प्रसाद चौरासीया, बैंकको वीरगन्ज शाखाका प्रमुख सञ्जयकुमार महतो लगायतको आतिथ्यता थियो ।

दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा आयोजित गोष्ठीमा उपाध्यक्ष रामबाबु चौधरी, महासचिव दीपक चौधरी, सदस्यहरु दिपिका श्रेष्ठ, किरण ठाकुर, इन्दु रन्जितकार, सन्तोषलाल कर्ण लगायतको उपस्थिति थियो ।

को(अपरेटिभ म्यानेजर्स क्लब पर्साका सचिव प्रदीप कुमार लोहारले सञ्चालन गरेको कार्यक्रममा पर्सा र बारा जिल्लाका करिब ८० जना सहकारी संघ संस्थाका व्यवस्थापन प्रमुखहरूको सहभागिता थियो ।

गोष्ठीले सहकारी क्षेत्रको दिगो विकासका लागि आवश्यक नीति, मापदण्ड र पुँजी संरचनाको गहिरो अध्ययन र छलफल गरेको संस्थापक अध्यक्ष जिष्णु वरालले जानकारी गराउनुभयो ।

cmc-parsa-2-1024x682.jpg
undefined

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार