Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
तुवाचुङ नगरपालिकाको आयोजनामा शैक्षिक सम्मेलन-२०८२

शिक्षाले जीवन उज्यालो बनाउँछ

शिक्षाले जीवन उज्यालो बनाउँछ

काठमाडौं । ''सक्षम शिक्षक, स्तरीय शिक्षा परिस्कृत संस्कारः सार्वजनिक शिक्षा सबलीकरण हलेसी विकासको आधार'' भन्ने मुल नाराका साथ उत्प्रेरक बक्ता रमन भट्टराई र शिक्षाविद् भुपेन्द्र कोइरालाको साथमा हलेसी तुवाचुङ नगरपालिकाको आयोजनामा शैक्षिक सम्मेलन-२०८२ सफलतापूर्वक सम्पन्न भएको छ ।

२९ दिनको लगातार शैक्षिक आन्दोलनबाट फर्किनुभएका यस नगरपालिका भित्र अध्यापन गरिरहनु भएका सम्पुर्ण शिक्षकरशिक्षिकाहरु लाई यस सम्मेलनको माध्यमबाट पुनर्ताजगी गराई १० बुँदे घोषणा पत्रमा हस्ताक्षर समेत गराइएको छ ।

500001637_9865829436828787_9166244478101052906_n.jpg
undefined

यसै बीच हलेसी तुवाचुङ नगरपालिकाको जनप्रतिनिधिहरुको दोस्रो कार्यकालको ३ वर्षे मूख्य उपलब्धीहरु पनि सार्वजनिक गरीएको छ । यसमा नगरपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायत पर्यटन पूर्वाधार तथा सुशासनको क्षेत्रमा भएको आमुल परिवर्तनको विष्लेषण गरिएको छ । 

जिल्ला अदालत खोटाङका न्यायाधीश नारायण प्रसाद दाहालको प्रमुख आतिथ्यतामा सन्पन्न भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधि, रणभिम गण मुडे व्यारेकका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जनप्रतिनिधिहरू, सामुदायिक विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू, सामुदायिक विद्यालयमा अध्यापनरत सम्पुर्ण शिक्षकहरू, नगरपालिका कर्मचारीहरू, पत्रकार तथा सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

499554354_4052499398372434_1745850694970122904_n.jpg

499200591_4052499228372451_163876143057281724_n.jpg
undefined
499977473_4052499465039094_1181399429583966944_n.jpg
undefined
500002025_4052499265039114_1285416604517480734_n.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार