Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
सहकारी

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई सदस्य नियुक्त

बागमती प्रदेश समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई सदस्य नियुक्त

हेटौंडा । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा दुई नयाँ सदस्य नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले धादिङ थाक्रे गाउँपालिका-११, का नेत्रराज पौडेल र रामेछाप मन्थली नगरपालिका-१, की निशा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

पौडेल बागमती प्रदेश सहकारी संघका महासचिव समेत हुनुहुन्छ ।  प्रदेश सहकारी ऐनमा  व्यवस्था  भए अनुसार पौडेल प्रदेश संघबाट पदेन्न  सदस्यको रुपमा समितिमा नियुक्त हुनुभएको हो भने  न्यौपाने एमाले कोटाबाट राजनीतिक नियुक्त हुनुभएको हो । यस अघि २ जना नेपाली कांग्रेस र १ जना नेकपा माओवाी केन्द्रबाट समितिमा नियुक्त भएका थिए ।

समितिमा विज्ञताका आधारमा एकजना चार्टर्ड एकाउन्टेन्टको नियुक्ति बाँकी छ।

यसअघि २२ पुस ०८० मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८२ (१) अनुसार समितिको गठन गरी अध्यक्ष तीन सदस्य नियुक्त गरेको थियो । समितिको अध्यक्ष प्रभात अधिकारी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार