काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकार असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा रहेको बताउनुभएको छ ।
संसद् भवन नयाँ बानेश्वरमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले आगामी असार १५ भित्र नयाँ विद्यालय शिक्षा ऐन २०८२ जारी गर्ने सहमतिअनुसार त्यसअघि नै ऐन जारी गर्ने तयारीमा रहेको जानकारी गराउनुभयो ।
उहाँले विद्यालय शिक्षा विधेयकमा समेट्न सकिने विषयमा सन्दर्भमा आफूहरू शिक्षक महासंघसँग निरन्तर वार्तामा रहेको पनि बताउनुभयो । यसअघि आइतबार बसेको शिक्षा समिति बैठकमा विद्यालय शिक्षा विधेयक अघि बढाउन मन्त्री पन्तले एक साताको समय माग्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com