Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
खेलकुद

को बन्ला यस वर्षको आईपीएल च्याम्पियन ?

को बन्ला यस वर्षको आईपीएल च्याम्पियन ?

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ का लिग चरणका खेलहरू सम्पन्न भएका छन् । प्लेअफ खेल भोलि मे २९ देखि हुँदैछ । पहिलो प्लेअफमा पञ्जाब किंग्स  र रोयल च्यालेन्जर्स बेंगलोर आमनेसामने हुँदैछन् । दुई बीचको खेल मोहालीको मुल्लानपुरमा नेपाली समयअनुसार भोलि बिहीबार साँझ ७:४५ बजेदेखि हुनेछ ।

क्वालिफायर १ को उक्त खेल जित्ने टोलीले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । पराजित टोलीले क्वालिफायर-२ मा एलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एलिमिनेटर खेल मे ३० मा गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच हुनेछ । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेताका बीचमा मंगलबार फाइनल खेल हुनेछ ।

यस सिजनमा ७० लिग खेलपछि पञ्जाब अन्तिम अंक तालिकाको शीर्ष स्थानमा छ भने बेंगलोर दोस्रो स्थानमा छ । गुजरात टाइटन्सले तेस्रो स्थान हासिल गर्‍यो भने मुम्बई चौथो स्थानमा छ ।

मंगलबार अन्तिम लिग खेल सकिएसँगै प्लेअफको पहिलो क्वालिफायर र इलिमिनेटरमा खेल्ने टिमको टुंगो लागेको हो ।

अन्तिम लिग खेलमा गएराती बेंगलुरुले लखनउमाथि ६ विकेटको शानदार जित निकाल्दै पहिलो क्वालिफायरमा स्थान बनाएको थियो । त्यसअघि पञ्जाब किङ्सले पहिलो क्वालिफायरमा स्थान बनाइसकेको थियो ।

बेंगलुरुको जितसँगै गुजरात टाइटान्स अंकतालिकामा तेस्रो स्थानमा झरेर इलिमिनेटर खेल्ने छ । चौथो स्थानमा रहेको मुम्बई इन्डियन्ससँग भने गुजरातको भेट हुनेछ ।

मुम्बई वा गुजरातमध्ये एक टोली इलिमिनेटरबाटै बाहिरिने छन् । हालसम्म उपाधिविहीन दुई टोली पञ्जाब र बेंगलुरुमध्ये यसपटक एकले सोझै फाइनलमा स्थान बनाउनेछन् भने पराजित टोलीलाई अर्को एक मौका प्राप्त गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार