Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
बजेटमा सहकारी

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का गरिने

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का गरिने

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गर्न चक्रीय कोष स्थापना गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत यस्तो घोषणा गर्नुभएको हो ।

‘सहकारीमा रहेको पाँच लाखसम्मको बचत निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गरिनेछ,’ अर्थमन्त्री पौडेलले भन्नुभयो,  ‘सहकारीको रकम अपचलन गर्नेको सम्पत्ति लिलाम गरी प्राप्त रकमबाट बचतकर्तालाई फिर्ता गर्न चक्रीय कोष स्थापनाका लागि बीउ पूँजीको व्यवस्था गरिएको छ।’

यसैगरी, समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताको सम्पत्ति तथा राहदानी रोक्का गरिने बजेट भाषणमा उल्लेख छ।
सहकारीको वर्गीकरण, एकिकरणको साथै बचत तथा ऋण सहकारीको नियमनलाई सहकारी नियमन प्राधिकरणमार्फत प्रभावकारी बनाउने अर्थमन्त्रीले घोषणा गर्नुभयो ।

सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी अर्थमन्त्रीले दिनुभयो । सरकारले सहकारी क्षेत्र सुधारका लागि कानुनी कडाइसँगै नियमन र अनुगमनलाई प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार