Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

कर्मचारीको तलब बढेन, महँगी भत्ता पाँच हजार पुर्‍याइने

कर्मचारीको तलब बढेन, महँगी भत्ता पाँच हजार पुर्‍याइने

काठमाण्डाै। सरकारले आउँदो आर्थिक वर्षको बजेटमा कर्मचारीको तलब नबढाई महँगी भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले संसद्‍मा बजेट पेश गर्दै महँगी भत्ता बढाए पनि स्रोत अभावले राष्ट्रसेवक कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले कर्मचारीले मासिक रूपमा पाउने महँगी भत्ता ५ हजार रुपैयाँ पुर्‍याइएको बाताउनुभयो । बहालवाला कर्मचारीले तलबबाहेक मासिक रूपमा महँगी भत्ताबापत २ हजार रुपैयाँ र वार्षिक रूपमा पोसाक भत्ता १० हजार रुपैयाँ पाउँदै आएका छन् । त्यसअनुसार ३ हजार रुपैयाँ भत्ता थपिएको हो ।

पछिल्लो पटक तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० मा कर्मचारीको तलब १५ प्रतिशतले बढाउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार