काठमाडौं । सहकारी अभियानले आर्थिक वर्ष २०८२/८३ को बजेटको स्वागत गरेको छ । अभियानको सर्वोच्च निकाय राष्ट्रिय सहकारी महासंघ लि. ले आज एक विज्ञप्ति जारी गर्दै बजेटको स्वागत गरेको हो । सहकारी अभियानकातर्फबाट बजेटका सन्दर्भमा आएको यो पहिलो तथा आधिकारिक भनाइ हो ।
महासंघ अध्यक्ष ओमदेवी मल्लको हस्ताक्षर रहेको विज्ञप्तिमा भनिएको छ, 'नेपाल अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलज्यूद्वारा संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यलाई सहकारी क्षेत्र सुधारको दिशामा सार्थक र सकारात्मक पहलको शुरुवातको रूपमा स्वागत गर्दछ।'
महासंघले विगत केही वर्षयता सहकारी क्षेत्रमा देखिएका संरचनागत कमजोरी, नियमनको अभाव तथा सदस्यहरूको बचत सुरक्षाप्रति उठेका चिन्तालाई सम्बोधन गर्ने गरी बजेटमा समावेश गरिएका योजनाहरू सहकारी अभियानका लागि अत्यन्त सराहनीय भएको जीकिर गरेको छ ।
बजेटमा समेटिएको बचत तथा ऋण सहकारी संस्थाको प्रभावकारी नियमनलाई प्राथमिकता दिइनु, ५ लाखसम्मको बचत रकम निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत सुरक्षित गर्ने प्रावधान, निक्षेपकर्ताको रकम फिर्ता गर्न चक्रिय कोष स्थापनाका लागि बीउँ पुँजीको व्यवस्था, सहकारी ऋण असुली न्यायाधिकरणको स्थापना, अपचलन र अनियमितता गर्ने संचालक तथा पदाधिकारीको सम्पत्ति तथा राहदानी रोक्का राख्ने जस्ता नीगितगत व्यवस्थाले सहकारी क्षेत्रको शुद्धीकरण तथा वित्तीय अनुशासन कायम गर्न कोशेढुङ्गा हुने महासंघले जनाएको छ ।
सहकारी संस्थाको वर्गीकरण तथा एकीकरण र सहकारीमार्फत खेतीयोग्य भूमिको अधिकतम उपयोग गर्दै खाद्य, फलफूल, तरकारी, दूध र मासु उत्पादनमा आत्मनिर्भर हुने जस्ता कार्यक्रमले सहकारी समावेशीतामा आधारित समृद्ध सहकारी अभियानतर्फको यात्राको स्पष्ट संकेत बजेटले गरेको महासंघले जनाएको छ।
यी योजनाहरू प्रभावकारी कार्यान्वयनमा परिणत हुन सकेमा सहकारी प्रणालीमा देखिएका चुनौतीहरूको समाधान सम्भव हुने उसको दाबी छ । यसले पारदर्शीता, जवाफदेहीता र सदस्यहरुको विश्वास कायम राख्दै सहकारी क्षेत्रमा स्थायित्व र सुशासनको सुदृढा आधार तयार गर्ने विश्वास महासंघको छ ।
महासंघले बजेटमार्फत देखाइएका प्रतिबद्धता तथा सहकारी क्षेत्रमा सुधार ल्याउने दीगो सोचप्रति आभार व्यक्त गरेको छ । साथै उसले सरकारसँग सहकार्य गर्दै बजेटमा समावेश कार्यक्रमहरु सफल बनाउन योगदान दिने प्रतिबद्धता समेत जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com