Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
कान्तिपुर हाफ म्याराथन

‘लेट्स रन फर ग्रिनर टुमरो'

‘लेट्स रन फर ग्रिनर टुमरो'

 

काठमाडौं । कान्तिपुर हाफ म्याराथनको १३ औं संस्करण शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले म्याराथनको शुभारम्भ गर्नुभएको हो । ग्लोबल आईएमई बैंकको प्रस्तुति रहेको कान्तिपुर हाफ म्याराथनको यस वर्षको नारा ‘लेट्स रन फर ग्रिनर टुमरो’ हो । आयोजक कान्तिपुर पब्लिकेशन्स लिमिटेडको थापाथलीस्थित कार्यालय सेन्ट्रल बिजनेस पार्क परिसरबाट हाफ म्याराथन सुरु भएको छ  ।

यस संस्करणको कान्तिपुर हाफ म्याराथनमा चार विधामा प्रतिस्पर्धा हुनेछ । दुवैतर्फ महिला र पुरुषको फरक इभेन्ट हुनेछ । हाफ म्याराथन २१।१ किमि, कलेज रन ७ किमि, कर्पोरेट एन्ड सेलेब रन ५ किमि र ह्विलचेयर रेस ३ किमि दुरीमा हुनेछ । सबै विधामा गरी ३ हजार ५ सयभन्दा बढीको सहभागिता रहनेछ । सबैभन्दा बढी सहभागिता कर्पोरेटमा रहेको छ भने हाफ म्याराथनतर्फ पनि झन्डै एक हजार जनाले नाम दर्ता गराएका छन् । हाफ म्याराथनका पुरुष र महिला विजेताले जनही १ लाख ५० रुपैयाँ पुरस्कार जित्नेछन् । हाफ म्याराथनमा कोर्स रेकर्ड बनाउने सके थप २५ हजार जित्नेछन् ।

WhatsApp Image 2025-05-31 at 08.07.27_c9a3b811.jpg

WhatsApp Image 2025-05-31 at 08.07.29_fac532e0.jpg

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार