एजेन्सी । दक्षिण कोरियामा राष्ट्रपतीय निर्वाचनका लागि भोलि जुन ३ मा मतदान हुँदैछ । गत डिसेम्बरमा 'मार्शल ल' अर्थात् सैनिक शासन लगाउने प्रयास गरेपछि पदबाट हटाइएका यून सुक यउलको स्थानमा नयाँ राष्ट्रपति चयनका लागि त्यहाँ मतदान हुन लागेको हो।
पाँच करोड २० लाख जनसङ्ख्या रहेको एशियाको चौथो ठूलो अर्थतन्त्र भएको पूर्वी एशियाली मुलुकले आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व कसरी चयन गर्छ त्यो विश्वको प्रतीक्षाको विषय बनेको छ । उत्तर कोरिया र देशविरोधी शक्तिहरूूको चुनौती देखाउँदै डिसेम्बर ३ मा यूनले सैनिक शासन लगाउने घोषणा गरेर सबैलाई स्तब्ध बनाएका थिए । तर उनको कदम आफ्नै राजनीतिक समस्याका कारण चालिएको केही समयमै स्पष्ट भयो। त्यसको एक सातापछि संसद्ले उनलाई महाभियोग लगायो। अप्रिल ४ मा संवैधानिक अदालतले उनीमाथि लगाइएको महाभियोग सदर गर्यो। अदालतको निर्णयसँगै कानुनबमोजिम ६० दिनभित्र मध्यावधि निर्वाचन गर्नुपर्ने बाध्यता सरकारलाई परेको हो ।
यूनको कदमका कारण समाजमा देखिएको चरम विभाजन र आर्थिक तथा राजनीतिक परिणामलाई व्यवस्थापन गर्नु अब निर्वाचित हुने राष्ट्रपतिको मुख्य दायित्व हुने छ। उत्तर कोरियाको चुनौती तथा इतिहासकै न्यून जन्मदरजस्ता लामो समयदेखिका समस्या समाधान गर्नुपर्ने चुनौतीबीच दक्षिण कोरियामा यो निर्वाचन हुन लागेको हो।
यूनको राष्ट्रपतीय कार्यकाल सन् २०२७ सम्म थियो। उनले पूरा कार्यकाल काम गर्न पाएनन्।
यूनले सैनिक शासन लागु गरेयताको पाँच महिनामा त्यहाँ तीन जना कार्यवाहक राष्ट्रपति बनिसकेका छन्। सबैभन्दा पछिल्लो पटक यो जिम्मेवारीमा श्रममन्त्री ली जु हो आएका छन्। उनले चुनावको एक महिनाअघि मात्रै पदबहाली गरेका थिए।
लीभन्दा अघि प्रधानमन्त्री हान डक सो यो पदमा थिए। तर राष्ट्रपति यूनपछि कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएको केही सातामै उनीविरूद्ध पनि महाभियोग दर्ता भयो। मार्चमा हान पुनः पदमा फर्कनुअघि चोए साङ मोक कार्यवाहक राष्ट्रपति बनेका थिए।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com