जेठ १३ गते मंगलबार बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा धादिङ थाक्रे गाउँपालिका-११, का नेत्रराज पौडेल र रामेछाप मन्थली नगरपालिका-१, की निशा न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
प्रदेश सहकारी ऐनमा व्यवस्था भए अनुसार पौडेल प्रदेश संघबाट पदेन्न सदस्यको रुपमा समितिमा नियुक्त हुनुभएको हो भने न्यौपाने एमाले कोटाबाट राजनीतिक नियुक्त हुनुभएको हो । यस अघि २ जना नेपाली कांग्रेस र १ जना नेकपा माओवाी केन्द्रबाट समितिमा नियुक्त भएका थिए ।
समितिमा विज्ञताका आधारमा एकजना चार्टर्ड एकाउन्टेन्टको नियुक्ति बाँकी छ।
यसअघि २२ पुस ०८० मा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सहकारी ऐन, २०७६ को दफा ८२ ९१० अनुसार समितिको गठन गरी अध्यक्ष तीन सदस्य नियुक्त गरेको थियो । समितिको अध्यक्ष प्रभात अधिकारी हुनुहुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com