Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपाल प्रहरीद्वारा उपत्यकाका दुई रुटमा निःशुल्क बस सेवा सञ्चालनमा

नेपाल प्रहरीद्वारा उपत्यकाका दुई रुटमा निःशुल्क बस सेवा सञ्चालनमा

काठमाडौं । यातायात व्यवसायीको हडतालका कारण सर्वसाधारण मर्कामा परेसँगै नेपाल प्रहरीले सोमबार उपत्यकामा निःशुल्क बस सेवा सञ्चालनमा ल्याएको छ । प्रहरीले दुई रुटमा बस सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

एउटा रुट नक्साल हुँदै बालुवाटार, टिचिङ, चक्रपथ र नयाँबसपार्क बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगानखेल, जावलाखेल, माइतीघर, पुतलीसडक, जयनेपाल हल हुँदै सञ्चालन हुनेगरी तय गरिएको छ ।

यस्तै अर्को रुट, नक्साल हुँदै रातोपुल, गौशाला, एयरपोर्ट, कोटेशवर, टिमी, सल्लाधारी, सूर्यबिनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै सञ्चालन हुने तय गरिएको छ ।

500238791_1023630443232812_2855515829949812657_n.jpg

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार