Nov 20 2026 | २०८३, मंसिर ४ गते

Nov 20 2026 | २०८३, मंसिर ४ गते

Follow us

चिन्नास्वामी स्टेडियम नजिकै भागदौड, कम्तिमा ११ जनाको मृत्यु

चिन्नास्वामी स्टेडियम नजिकै भागदौड, कम्तिमा ११ जनाको मृत्यु

एजेन्सी । रोयल च्यालेन्जर्स बैंगलोरको विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै भागदौड मच्चिदा भएको दुर्घटनामा  ११ जनाको मृत्यु भइसकेको छ  । भारतीय सञ्चारमाध्यमहरुका अनुसार धेरैजना गम्भिर घाइते भएका छन् । 

बेंगलुरुको चिन्नास्वामी स्टेडियमको मुख्य गेट नजिक हजारौं मानिसको भिड अनियन्त्रित भई दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ । हजारौं फ्यानहरू हतारमा विभिन्न गेटहरूबाट स्टेडियममा प्रवेश गर्न खोज्दा भागदौड भएको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा उपस्थित प्रहरीको सहयोगमा घाइतेहरूलाई  नजिकैका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

भागदौडका कारण धेरै मानिस स्टेडियम बाहिर बेहोस समेत भएका थिए । घटनास्थलमा सबै घाईतेहरुलाई अस्पताल पुर्‍याउन कैयौं एम्बुलेन्स खटाइएको छ । घटनास्थलमा उपस्थित मानिसहरूले पनि एक अर्कालाई सहयोग गरेका थिए भने कतिपयले घाइतेलाई सीपीआर दिएको पनि देखियो ।

कर्नाटक राज्य क्रिकेट संघले रोयल च्यालेन्जर्स बैंगलोरलाई आइपीएल २०२५ मा ऐतिहासिक जित हासिल गरेपछि एक अभिनन्दन समारोह आयोजना गरेको थियो जसमा सहभागी हुन हजारौं रोयल च्यालेन्जर्स बैंगलोर समर्थकहरु स्टेडियम गएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार