काठमाडौं । मोरङको उर्लाबारीस्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाले सहकारीको सिद्धान्तलाई व्यावहारिक रुप दिदैं 'साथी संस्था प्रवर्द्धन कार्यक्रम' सञ्चालन गरेको छ । सहकारीहरुबीच पारस्परिक सहयोगको सिद्धान्त अनुरुप नारी संकल्प साकोसको वार्षिक योजना तथा कार्यक्रममा आधारित रहेर साकोसले उक्त कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
यसै सिलसिलामा नारी संकल्प साकोसले यही मध्य जेठ (१७ गते) विराटनगर-११ स्थित संघर्षशील महिला साकोसमा उक्त कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको मुख्य उद्देश्य साथी संस्थाको सञ्चालक समितिको क्षमता अभिवृद्धि रहेको थियो ।
कार्यक्रममा उक्त संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लहकार तथा विषयगत उपसमितिहरुसँगै उच्च व्यवस्थापनको सहभागिता रहेको थियो । नारी संकल्प साकोसकी अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की निवर्तमान सञ्चालक गोमा नेपालले उक्त कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
नारी संकल्प साकोसको आर्थिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएकोसाकोसका व्यवस्थापक चित्र न्यौपानेले धिप्री डटकमलाई जानकारी गराउनुभयो । उहाँका अनुसार हाललाई साकोसले वार्षिक रुपमा एउटा संस्थामा 'साथी संस्था प्रवर्द्धन कार्यक्रम' सञ्चालन गर्ने रणनीति अवलम्बन गरेको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com