काठमाडौँ। नेपाल बुद्धिचाल महासङ्घ र अन्नपूर्ण स्कुल को संयुक्त आयोजनामा सञ्चालन भएको २० औँ अन्नपूर्ण दोस्रो राष्ट्रिय स्कुल चेस च्याम्पियनसिपको पहिलो दिन दुई चरण का खेल सम्पन्न भएका छन्। काठमाडौँ स्थित अन्नपूर्ण स्कुलको सभा हलमा आज सम्पन्न यु ११, १३ छात्र र छात्रा गरी २३५ खेलाडीको सहभागिता रहेका छन्।
प्रतियोगितामा यु११ समूहमा छात्र तर्फ २२ जना खेलाडीले समान दुई दुई अङ्क प्राप्त गर्दै संयुक्त शीर्ष स्थान हासिल गर्न सफल भएका छन्। स्पर्धामा बाल विकास इङ्ग्लिस बोर्डिङ स्कुलका हृदय बस्नेतले दुवै खेलमा विजय प्राप्त गर्दै अग्रस्थानमा रहन सफल भएका छन्। बस्नेतले ग्रीनल्यान्ड स्कुल र न्युटन स्कुलका खेलाडीलाई पराजित गरेका छन्। यसैगरी यु११ अन्तर्गत छात्रातर्फ इम्पेरियल वर्ल्ड स्कुलकी अग्रता आचार्यले क्रिएटिभ एकेडेमी र अन्नपूर्ण सेकेन्डरी स्कुललाई पराजित गरेकी छिन्।
प्रतिस्पर्धाको यु-९ अन्तर्गत छात्रतर्फ अन्नपूर्ण सेकेन्डरी स्कुलका निशाम श्रेष्ठ र छात्रातर्फ पाठशाला नेपाल फाउन्डेसनका आरिस्नु पौडेलले शीर्ष स्थान ओगटेका छन् । निशाम श्रेष्ठले हिमालयन चेस एकेडेमी र सर्वज्ञ शिव बाबा स्कुल लाई हराएका छन् भने आरिसनु पौडेलले अन्नपूर्ण सेकेन्डरी स्कुल र ज्ञानोदय बालबाटिका माथि जित दर्ता गरेकी छिन्।
अन्नपूर्ण स्कुलका प्रधान अध्यापक चन्द्रप्रकाश राजभण्डारीको सभापतित्वमा सम्पन्न उद्घाटन नेपाल बुद्धिचाल महासङ्घका कोषाध्यक्ष ताराबहादुर राणा भाटले गरेका छन्। कार्यक्रममा नेपालका महिला चेस च्याम्पियन सिन्दिराज जोशी तथा बिन्धबासिनी स्कुलका बेखामान डंगोलको समेत उपस्थिति रहेको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com