Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपालमा खाद्य सुरक्षाको मुल प्रवाहीकरणमा एफएओको महत्वपूर्ण भूमिका :मन्त्री अधिकारी

नेपालमा खाद्य सुरक्षाको मुल प्रवाहीकरणमा एफएओको महत्वपूर्ण भूमिका :मन्त्री अधिकारी

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र नेपाल भ्रमणमा आउनु भएका संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनका  बिशेष प्रतिनिधि डयानियल गुस्टाफसनबिच भेटवार्ता भएको छ । सिंहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रुपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेण्डामा पोषण र खाद्य सुरक्षालाई मुल प्रवाहीकरणमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्धारा संचालित परियोजनाहरु मार्फत खाद्य र पोषण सुरक्षा ,दिगो प्राकृतिक श्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको निर्माण, आपलकालीन अवस्थाको तयारी एंव ग्रामीण महिलाहरुको आर्थिक उत्थान र सवलीकरणमा योगदान पुर्याउने अपेक्षा व्यक्त गर्नुभयो । 

मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रम मार्फत कृषकसम्म सुरक्षित ,पर्यावरणमैत्री र विज्ञानमा आधारित ज्ञान पुरयाउने दिशामा सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताउनुभयो । उहाँले नेपालबाट उत्पादन हुने कृषि उत्पादनहरुको विभिन्न देशहरुमा निर्यातका लागि क्वारेन्टाइन क्षेत्र लगायत विषादी व्यवस्थापनका क्षेत्रहरुमा र कृषि वस्तुहरुको भौगोलिक संकेतमा एफएओको सहयोगको निरन्तरताको अपेक्षा व्यक्त गर्नुभयो । 

भेटवार्तामा एफएओका विशेष प्रतिनिधि गुस्टाफसनले जलवायु परिवर्तनका कारण कृषि क्षेत्रका विभिन्न पक्षलाई असर पारेको र नेपाल जस्ता देशहरुलाई समस्या पारेको उल्लेख गर्दे जलवायु अनुकुलनका कार्यक्रमहरु मार्फत यस्ता चुनौतीहरुको सामना गर्न जरुरी रहेको  बताउनुभयो । नेपालले कृषि क्षेत्रमा गरेको प्रगतिले सम्भावाना देखाएको र आगामी दिनमा  कृषिका नविन आयामहरुलाई अबलम्वन गर्दे जानुपर्नेमा जोड दिनुभयो । 

भेटवार्तामा एफएओका नेपाल तथा भुटान प्रतिनिधि केन सिमिजु , मन्त्रालयका सहसचिव हरिवहादुर के।सी लगायतको सहभागीता थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार