काठमाडौं । भारतका प्रसिद्ध धर्मगुरु बाबा कालीदाश स्वामी कृष्णानन्द परमहंश (काली बाबा) तीन साता लामो अमेरिका भ्रमण सकी नेपाल आउनुभएको छ । करीब ३ हप्ता अमेरिका रहँदा उहाँले टेक्सास, कोलोराडो, जर्जिया, न्यूजर्सी, मेरिल्याण्ड, भर्जिनिया र फ्लोरिडा राज्यका हिन्दू धर्मावलम्बी र भक्तजनसँग प्रत्यक्ष भेट गरेर धर्म, दर्शन र अध्यात्म बारे प्रवचन दिनुभएको थियो । अमेरिकामा रहँदा उहाँले फेरि अनुकूल मिलाएर अझ धेरै हिन्दू धर्मावलम्बी र भक्तजनहरुका माझ पुग्ने चाहना रहेको बताउनुभएको थियो ।
नेपाल आए लगत्तै उहाँ आजै पोखरा जानुभएको छ । नेपालमा तरल राजनीतिक अवस्थामा बाबाको अमेरिका भ्रमण, नेपाल आगमन र पोखरा बसाइलाई अर्थपूर्ण रुपमा महत्वका साथ हेरिएको छ । त्यसो त भारतीय संस्थापन पक्षसँग बाबाको खास सम्बन्ध रहेको चर्चा गरिन्छ । नेपालको संक्षिप्त बसाइका क्रममा उच्च राजनीतिक नेतृत्वसँग पनि उहाँको भेटको सम्भावना रहेको स्रोतले बताएको छ ।
धर्मले नै सबैको रक्षा गर्छ भन्ने हिन्दू धर्मका प्रसिद्ध साधक कालीबाबाको विश्वास रहेको छ ।भारतसँगै नेपालमा पनि प्रख्यात कालीबाबाको छिमेकी मुलुकमा आश्रम, धाम, अस्पताल, गौशाला लगायत च्यारिटी केन्द्र छन् । विश्वभरका हिन्दु अनुयायीहरुले बाबालाई विशेष श्रद्धा गर्दछन् ।
नेपाल उहाँको जन्म र पितृथलो हो। त्यही जन्मभूमिका लागि केही योगदान गर्ने पवित्र सोच रहेको बाबाले पछिल्लो समय बताउँदै आउनुभएको छ । केही समयअघि नेपाल आएको बेला उहाँले नेपाललाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म यहाँ आफूले अभियान सञ्चालन गरिरहने बताउनुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com