काठमाडौं : नेपाल धितापत्र बोर्ड (सेबोन) ले धितोपत्र बजार सञ्चालनको लागि एक भन्दा बढी संगठित संस्थालाई अनुमति दिन उपयुक्त हुने–नहुने सम्बन्धमा गरिएको अध्ययन प्रतिवेदन, २०८१ सार्वजनिक मंगलबार गरेको छ।
नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वको अध्ययन प्रतिवेदन सेबोनले मंगलबार सार्वजनिक गरेको हो । प्रतिवेदनमा निजी क्षेत्रको लगानीमा नयाँ स्टक एक्सचेन्जलाई तत्काल लाइसेन्स दिन सिफारिस गरेको छ । साथै विद्यमान नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई प्रतिस्पर्धी वातावरणमा सक्षम बनाउने गरी पुनरसंरचना गर्नुपर्ने सुझाव दिएको छ।
प्रतिवेदनले धितोपत्र ऐन, २०६३ तथा नियमावली र निर्देशिकाहरूको परिपालना गर्दै निजी क्षेत्रलाई अर्को स्टक एक्सचेन्ज संचालनको इजाजत दिन उपयुक्त हुने निचोड निकालेको छ । अनुमति दिने सम्पूर्ण प्रक्रिया—सूचना प्रकाशनदेखि आवेदनको विश्लेषण र इजाजत वितरणसम्म-नियमसंगत र पारदर्शी हुनुपर्नेमा समितिलेजोड दिइएको छ।
साथै, नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुअघि स्पष्ट मापदण्ड र शर्तहरू निर्धारण गर्नुपर्ने र नयाँ प्रवेशले ल्याउने प्रतिस्पर्धालाई व्यवस्थापन गर्न बोर्डको नियमन क्षमतामा अभिवृद्धि गर्नुपर्ने सिफारिससमेत प्रतिवेदनमा गरिएको छ।
प्रतिवेदनले धितोपत्र बजारको दीर्घकालीन सुधार र सुदृढिकरणका लागि प्रतिस्पर्धी र पारदर्शी प्रणाली आवश्यक भएको औंल्याएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com