Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

रोमाञ्चक खेलमा नेपालद्वारा नेदरल्यान्ड्स १६ रनले पराजित

रोमाञ्चक खेलमा नेपालद्वारा नेदरल्यान्ड्स १६ रनले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ । डन्डीको फोर्टहिलमा मंगलबार भएको रोमाञ्चक खेलमा नेपालले नेदरल्यान्ड्सलाई १६ रनले पराजित गरेको हो । यससँगै नेपालले लिग २ को चौथो चरणमा ४ मध्ये ३ खेलमा जित हासिल गर्न सफल भयो । यो सँगै नेपालले ओडिआईमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा हराएको छ । नेपालले गत साता बुधवार भएको पहिलो र हिजो दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको हो ।

२३७ रनको लक्ष्यमा पछ्याएको नेदरल्यान्ड्स ४९.२ ओभरमा २२० रनमा अलआउट भयो । नेदरल्यान्ड्सका लागि वेस्ली बरेसीले सर्वाधिक ३६ रन बनाए ।

नेपालका लागि डेब्यू गरेका नन्दन यादव र लेग स्पिनर सन्दीप लामिछानेले ३-३ विकेट लिए। ललित राजवंशीले २ तथा कुशल भूर्तेलले १ विकेट लिए । करण केसीले अन्तिम विकेट लिएसँगै नेपालले बाजी मार्यो ।

यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा २३६ रन बनाएको हो ।

नेपालका लागि आरिफ शेखले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ८४ रन बनाए ।यस्तै भीम सार्की र कप्तान रोहित पौडेलले ३५–३५ रन जोडे ।

नेदरल्यान्ड्सका पाउल भान मिकेरमले सर्वाधिक चार विकेट लिए ।

तर आरिफ खेल दौरान डेन्जर जोनमा दुई पटक दौडिएका कारण अन फिल्ड अम्पायरहले नेपाललाई १० पेनाल्टी रन लगाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार