Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

देशका विभिन्न ठाउँमा भारी वर्षा

देशका विभिन्न ठाउँमा भारी वर्षा

काठमाडौँ । आज देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । गण्डकी, मधेस, बागमती र कोशी प्रदेशका धेरैजसो ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोपछि देशभर आंशिकदेखि सामान्य बदली रहने र धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पुगेको छ ।

केही भू-भागमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाको भनाइ छ । काठमाडौँ उपत्यकामा पनि बिहानैदेखि पानी परिरहेको छ । आकाशमा बाक्लो बादल देखिएको छ ।

दिउँसो उपत्यकासहित आसपासका क्षेत्रमा समेत वर्षाको सम्भावना उच्च रहेको महाशाखाले जनाएको छ । देशका पहाडी क्षेत्रहरूमा वर्षा बढेसँगै बाढी र पहिरोको जोखिम पनि बढेको भन्दै सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

पछिल्लो एक घण्टामा मकवानपुर जिल्लास्थित हेटौँडा, रजैया धनुषा जिल्लास्थित चिसापानी बजार वर्षा मापन केन्द्र र आसपास केन्द्रहरूमा मध्यमदेखि भारी वर्षा मापन भएको छ ।

बारा र रौतहट जिल्ला स्थित रजुवा र चंद्रपुर म्याग्दी जिल्लाको दर्बांग वर्षा मापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार