मिति २०८२ जेष्ठ ३१ गते । भक्तपर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष कृष्ण गोविन्द लाखाजुले नियामकीय मापदण्ड सहकारी संस्थाको नियमन गर्नकै लागि जारी भएको हुँदा यसमा सहकारी प्रवर्धन र सम्वर्द्धन व्यवस्था नहुनु स्वाभाविक रहेको बताउनुभएको छ ।
उहाँले सहकारी क्षेत्रमा विद्यमान विकृतिको समाधान नियन्त्रण र निषेधको व्यवस्था गरेर नहुने स्पष्ट पार्दे सहकारीलाई कमजोर र संकुचित बनाउने गरी जारी मापदण्डका व्यवस्थाहरुको तत्काल संशोधनको आवाज उठाउनुभयो ।
बचत संघको भक्तपर नगर समन्वय उपसमितिद्धारा आयोजित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड, २०८२ विषयक अन्तरक्रिया कार्यक्रम अध्यक्ष लाखाजुले सहकारी अभियानलाई कमजोर र संकुचित हुने गरी जारी मापदण्डको परिमार्जनका लागि अभियानले पहिलो चरणमा सम्बन्धित निकायमा लविङ्घ गरिरहेको बताउनुभयो । यसबाट पनि मापदण्ड संशोधन नभएमा मापदण्डको भद्र अवज्ञ गरी आन्दोलन सहित कानुनी उपचारमा जाने योजना रहेकोले सबैको साथ सहयोग र समर्थनका लागि आह्वान गर्नुभयो ।
बचत संघको सदस्य संस्था भक्तपर बचत तथा ऋण सहकारी संस्था लि., कमलविनायको सभाहलमा आयोजित कार्यक्रममा संघका सचिव जगनाथ प्रजापतिको सभापतित्व ग्रहण गर्दै स्वागत मन्तव्य दिनुभयो । हाल जारी मापदण्डकोबारे सदस्यलाई सूचित गर्न उक्त अन्तरक्रिया कार्यक्रम राखेको बताउनुभयो ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी नियामकीय मापदण्ड, २०८२ विषयको प्रस्तुती गर्नुभयो । सहकारी ऐन नियमसंग बाँझिने गरी बनाएका निर्देशन तथा मापदण्ड स्वत निश्क्रिीय हुने कुरा उहाँले बताउनुभयो । सहकारी सुशासनका कतिपय व्यवस्था सकारात्मक हुदाँ हुदै सहकारीलाई वित्तीय कारोबार गर्ने बैंकको रुपमा मात्र मापदण्ड जारी अव्यवहारीक व्यवस्थाले सहकारी संचालनमा चुनौती थपेको कुरा उहाँले बताउनुभयो । उहाँले सहकारी ऐन कानुनको परिपालना बाहेकको अन्य विकल्प नभएकोले संस्थाहरुले कानुन सम्मत कार्यपद्धती तथा कार्यशैली अपनाउदै जानुपर्ने कुरा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा भक्तपर नगरका सदस्य संस्थाहरुबाट ६८ जनाको सहभागी थियो । उक्त कार्यक्रम संचालन संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com