Sep 20 2026 | २०८३, असोज ४ गते

Sep 20 2026 | २०८३, असोज ४ गते

Follow us
६८औं राष्ट्रिय सहकारी दिवस

सहकारी दिवस लक्षित विभिन्न कार्यक्रम तय

सहकारी दिवस लक्षित विभिन्न कार्यक्रम तय

काठमाडौं । ६८औं राष्ट्रिय सहकारी दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरु आयोजना गरिदैछन् । सहकारी दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघदेखि विभिन्न तह गत संघ तथा प्रारम्भिक संस्थाहरुले विभिन्न कार्यक्रम आयोजना गरेका छन् ।

सहकारीमाथि चौतर्फी आक्रमण भइरहेको र सुशासनका सवालमा प्रश्नहरु उब्जिरहँदा गलत भाष्य निर्माण भैरहेको परिप्रेक्ष्यमा तिनलाई चिर्न र सहकारीमार्फत भएका उदाहरणीय कार्यक्रहरुबारे सुसूचित गर्न, जागरण पैदा गर्न र सदस्य समुदायमा छवि सुधार गर्न राम्रा सहकारीहरुले यो दिवसलाई अवसरका रुपमा प्रयोग गर्ने जमर्को गरेका छन् । यसै सिलसिलामा विभिन्न सहकारीहरुले विभिन्न किसिमका कार्यक्रम राखेका छन् । सँगै संघ संस्थाहरुले सहकारी सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम पनि आयोजना गरेका छन् ।सहकारी दिवस लक्षित यी कार्यक्रमहरुको मुल सन्देश सदस्य र सरोकारवालाहरुमा विश्वास पुनर्जागृत गर्नु रहेको छ । 

यो वर्षको राष्ट्रिय सहकारी दिवसको थिम मर्यादित सहकारीः समुन्नत समाज रहेको छ । यो अंग्रेजी वर्ष अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ समेत भएकाले दिवसका कार्यक्रमहरु विशेष रुपमा तय गरिएका छन् । यी कार्यक्रमहरुमार्फत मुलुकको सहकारी अभियानले अन्तराष्टिय सहकारी अभियानको समेत ध्यानाकर्षण गर्न चाहेको देखिन्छ ।

e1e6d79d72fb0c642b847fac043165f2bc54f922.jpg
undefined
55dfdeb9911a3618148eeca4812d60305da9f77a.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार