काठमाडौं । सरकारले इजरायल र इरान भ्रमणमा नजान आग्रह गरेको छ । दुई देशबीच चर्किएको द्वन्द्वका कारण त्यहाँको परिस्थति जटिल बनेको भन्दै अत्यावश्यक कामको लागि बाहेक हालको अवस्थामा वैदेशिक रोजगारी वा भ्रमणमा नजान सरकारले आग्रह गरेको हो ।
बुधबार परराष्ट्र मन्त्रालयले यात्रा जानकारी (ट्राभल एडभाइजरी) जारी गर्दै हाललाई ती मुलुकमा जाने योजना समेत नबनाउन आग्रह गरेको हो।
‘इजरायल र इरानको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्र तथा यात्रा नगर्नुहुन्,’ एड्भाइजरीमा भनिएको छ, ‘इजरायल र इरान बाहेक मध्यपूर्वका अन्य मुलुकको भ्रमण वा वैदेशिक रोजगारी वा अन्य प्रयोजनका लागि जाने तयारी गरिरहनुभएका नेपाली नागरिकहरुलाई हालको जटिल परिस्थिति कायम रहेसम्म त्यस्ता भ्रमण तथा यात्रालाई स्थगित गर्नुहुन्।’
त्यस्तै सरकारले इजरायल र इरानमा रहेका नेपाली नागरिकलाई त्यहाँको सरकारले दिएका निर्देशन पालना गर्न र सकेसम्म सुरक्षित ठाउँमा रहन आग्रह गरेको छ।
ती देशबाट नेपाल फर्किन चाहानेको विवरण संकलन गरिरहेको समेत मन्त्रालयले जनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार हाल इजरायलमा ५ हजार ५ सयको हाराहारी र इरानमा करिब एक दर्जन नेपाली रहेको बताएको छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com