काठमाडौं । नेपालका लागि भारतका पूर्व राजदूत रञ्जित रेले आजको समयमा नेपालको सबैभन्दा लोकप्रिय नेता काठमाडौंका मेयर बालेन शाह भएको बताउनुभएको छ । नेपालभारत सम्बन्धका जानकार रेले पछिल्लो समयमा नेपालमा राजनीतिक दलहरुप्रति यहाँका नागरिकहरुमा नैराश्य बढेको चर्चा गर्दै अहिले खासगरी युवाहरुमाँझ बालेन्द्र शाह लोकप्रिय रहेको जीकिर गर्नुभएको छ ।
अहिलेका प्रमुख दलका शीर्ष नेताहरु ४/५ पटक दोहोरिएर प्रधानमन्त्री बन्दा समेत नेपालले अपेक्षित विकास गर्न नसकेकोमा जनताहरु प्रति निराशा बढेको रेले बताउनुभएको छ । सोही कारण अब फेरि यिनै नेताहरु प्रधानमन्त्री बनेर खासै ठूलो गतिशिलता वा नयाँ खालको विकास होला भन्ने अपेक्षा नै नेपालीहरुमा नभएको रेले उल्लेख गर्नुभएको छ । यसकै कारण नयाँ शक्तिहरु उदय हुँदै गरेको उहाँले बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टी सँगै बालेन शाहको कुरा रेले उठाउनुभएको छ । उहाँले भन्नुभएको छ, 'एक बालेन शाह छन् । उनी काठमाडौंका मयेर हुन र र्यापर हुन् । उनी सम्भवतः नेपालको अहिलेको सबैभन्दा लोकप्रिय राजनीतिज्ञ हुन् ।'
भारतको खबरगावँ अनलाइन पत्रिकाको युट्युब च्यानललाई दिनुभएको डेढ घन्टा बढी लामो अन्तर्वार्तामा नेपालको राजनीति, नेपालका महत्वपूर्ण राजनीतिक परिवर्तनहरु र भारतको भूमिका, राजावादीहरुको आन्दोलन, दुई मुलुकबीचको कुटनीतिक, जलस्रोत, आर्थिक आदि सम्बन्धका थुप्रै विषयमा पूर्व राजदूत रेले खुलेर चर्चा गर्नुभएको छ ।
'नेपालमा भारतको प्रभाव जर्बजस्त छ । नेपालको दुई तिहाई व्यापार भारतसँग छ र विश्वसँग नेपालको पहुँच भारतमार्फत छ । सीमानासँगै संस्कृतिले पनि दुई मुलुकलाई जोडेको छ । त्यसलाई सन्तुलित गर्न कहिले चीन, कहिले अमेरिका, कहिले युरोपेली संघ लगायतको खेल चलिरहन्छ । छिमेकी मुलुकहरुबीच यस्तो सम्बन्धको डायनामिजम् रहन्छ नै । त्यसमाथि हरेक तबरले नजिक रहेको नेपाल भारत सम्बन्धमा कही न कही समस्याहरु पनि उब्जिन्छन् नै । तर, यस्ता विषयहरु म्यानेज गर्नुपर्छ । सम्बन्धहरु धेरै नबिग्रन दिनका लागि तिनको सही समयमा व्यस्थापन आवश्यक हुन्छ । त्यसका लागि हामीबीचको सिर्जनात्मक सहकार्यलाई जोड दिएर अघि बढ्नुपर्छ' रेले भन्नुभएको छ ।
रेले भन्नुभयो, 'नेपालमा बारम्बार उठ्ने विषय भनेको रणनीतिक स्वायत्तता हो । नेपालको रुलिङ क्लाशलाई के लाग्छ भने कही न कही हामीलाई स्ट्रटेजिक अटोनोमी आवश्यक छ । भारतको भूमिका जबर्जस्त छ ।' यसलाई सन्तुलित गर्न अनेक मुलुकको प्रभावको विषय बेला बेलामा उठ्ने गरेको रेले बताउनुभयो । यद्यपि पूर्व राजदूत रेले नेपालको हकमा सधै भारतले जनआकांक्षको समर्थन गरेको दाबी प्रस्तुत गर्नुभयो । राणा शासनदेखि गणतन्त्रसम्मको नेपालका महत्वपूर्ण राजनीतिक परिवर्तनहरुको विषयमा भारतले सधैं नेपालीहरुको आकांक्षालाई समर्थन गरेको उहाँको दाबी थियो ।
रेले थप्नुभयो, 'नेपालमा तीन प्रकारका मानिसहरु छन् । एक प्रकारकाहरु राजा आवश्यक छ भन्छन् । राजा आउनुपर्छ भन्छन् । अर्को प्रकारका मानिसहरु सोच्दछन् हिन्दुराष्ट्र कायम हुनुपर्छ तर राजा ठीक थिएनन् । त्यसैले बहुदलीय व्यवस्थासँगै हिन्दुराज्य हुनुपर्छ भन्छन् उनीहरु । र अर्को भनेको खासरी कम्युनिष्टहरु छन् जो धर्मनिरपेक्षता नै ठीक । गणतन्त्र नै ठीक भन्ने । त्यसैगरी, भारतमा पनि नेपालको विषयलाई लिएर यहाँ (भारत) का केही मानिसहरुलाई हिन्दुराष्ट्र हुनुपर्छ वा नेपालका राजा विश्व हिन्दु सम्राट थिए, एक मात्र हिन्दु राष्ट्र थियो भन्ने लागेको छ । तर, जहाँसम्म भारत सरकारको आधिकारिक नीति छ नेपाललाई लिएर त्यो त प्रष्ट छ यी विषयहरुको निर्णय गर्ने अधिकार स्वयं नेपालको हो, नेपाली जनताको हो ।'
उहाँले नेपालको राजनीतिक अस्थिरताका बारेमा अलि बढीनै निर्मम भएर अन्तर्वार्ता दिनुभएको छ । वैचारिक धरातलका आधारमा नेपालमा गठबन्धनहरु नहुने गरेको समेत उहाँले बताउनुभएको छ । 'भारतीय जनता पार्टी र भारतीय राष्ट्रिय कंग्रेसबीचको गठबन्धन जस्तो छ नेपालमा अहिले' रेले भन्नुभयो,' यो कुनै वैचारिक वा सैद्धान्तिक धरातलमा बनेको गठबन्धन होइन ।'
यस्तै, रेले एक तिहाइ नेपाली विदेशमा काम गरिरहेको भन्दै उहाँले नेपालमा विकास जुन गतिमा हुनुपर्ने हो त्यो नभएको पनि बताउनुभएको छ । नेपालमा विकास केन्द्रीत राजनीति आवश्यक छ, रेले भन्नुभएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com