Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बंगलादेशमा ‘गन्तव्य नेपाल: बंगालको खाडीदेखि हिमालयसम्म’ कार्यक्रम आयोजना

बंगलादेशमा ‘गन्तव्य नेपाल: बंगालको खाडीदेखि हिमालयसम्म’ कार्यक्रम आयोजना

काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले नेपाल र बंगलादेशको पर्यटन कार्यक्रम आयोजना गरेको छ । नेपाल पर्यटन बोर्डको आयोजनामा भएको  ‘गन्तव्य नेपाल: बंगालको खाडीदेखि हिमालयसम्म’ कार्यक्रममा बंगलादेशका ट्राभल एजेन्टहरुदेखि टूर अपरेटर्सका अध्यक्षहरूको समेत सहभागिता थियो ।

कार्यक्रममा बोल्दै नेपाली राजदूत धनश्याम भण्डारीले नेपालको हिमाली उचाइ र बंगालको खाडीको गहिराईलाई जनस्तरमा जोड्न पर्यटन महत्त्वपूर्ण भएको बताउनुभयो ।

बंगलादेशका नागरिक तथा सगरमाथा आरोही बाबर अलीले आफ्नो सन २०२४ को सगरमाथा आरोहण तथा नेपालको अन्नपूर्ण आरोहणको अनुभव सुनाउनुभएको थियो ।

औपचारिक कार्यक्रम अगाडि दुई देशका व्यावसायिक साझेदारहरूले बीटूबी सेसनमा हस्ताक्षर गरेको राजदूतावासले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार