Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
'कड्फन' को १४औं स्थापना दिवस

'कड्फन' को क्रियाशीलता र प्रभावकारिता बढाउनुपर्नेमा साकोस अभियानकर्मीहरुको जोड

'कड्फन' को क्रियाशीलता र प्रभावकारिता बढाउनुपर्नेमा साकोस अभियानकर्मीहरुको जोड

काठमाडौं । नेपालको बचत तथा ऋण सहकारी (साकोस) अभियानको सबलीकरण एवम् सशक्तिकरणमा टेवा पुर्याउने उद्देश्यका साथ गठन गरिएको राष्ट्रिय स्तरको गैरनाफामूलक संस्था क्रेडिट युनियन डिभेलपमेन्ट फाउन्डेशन नेपाल (कड्फन) लाई क्रियाशील बनाउँदै यसको प्रभावकारिता वृद्धि गर्नुपर्ने  सम्बन्धमा अभियन्ताहरुले ऐक्यबद्धता जनाउनुभएको छ ।

मुलुकको वित्तीय सहकारी अभियान चौतर्फी आक्रमण र घेराबन्दीमा परेको प्रतिकुल समयमा कड्फन जस्तो साकोस अभियानको सहयोगी संस्था (हात) को आवश्यकता झनै बढी रहेको भन्दै लामो समय यो निष्क्रिय भएकोमा अभियन्ताहरुले चिन्ता र चासो समेत व्यक्त गर्नुभएको थियो । वर्तमान असहज समयमा अनुभव र उर्जाको 'कड्फन सम्मिश्रण' अत्यन्तै महत्वपूर्ण हुने धारणा सहभागीहरुले राख्नुभएको थियो ।

नेपालमा साकोस अभियानको सुरुवाती चरणमा कड्फनमार्फत धेरै कामहरु भएपनि पछिल्ला वर्षहरुमा यो निस्क्रिय भएको भन्दै अब चलायमान बनाउनुको विकल्प नरहेकोमा अभियन्ताहरुको एकमत थियो । सहभागीहरुको एकीकृत सुझाव थियो, ‘अब कड्फनलाई जीवन्त बनाउनुपर्छ । त्यसका लागि नेफ्स्कूनभित्र मात्रै सीमित नराखी यसको दायरा फराकिलो बढाउनुपर्छ र क्रियाशीलता सघन बनाउनुपर्छ ।'

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का सञ्चालकहरु, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, प्रमुख  कार्यकारी अधिकृत साथै पूर्व संचालकहरू पूर्व लेखा सुपरिवेक्षण समिति र पूर्व पूर्व प्रमुख कार्यकारी अधिकृतहरु सदस्य रहने गैर सरकारी संस्था कड्फनको १४औं स्थापना दिवसका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमका सहभागी अग्रज र वर्तमान साकोस अभियन्ताहरुले कड्फनलाई नेफ्स्कूनको समानान्तर नभई सहयोगी संस्थाका रुपमा यसको दायरा र प्रभावकारिता बढाउँदै वित्तीय सहकारी अभियानको प्रतिरक्षा कवचका रुपमा समेत अघि सानुपर्ने सुझाव राख्नुभएको थियो ।

सहकारी अभियानको सबलीकरण र सशक्तिकरणका लागि एकमत भएर आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता समेत अभियन्ताहरुले कार्यक्रममा व्यक्त गर्नुभएको थियो । 

DSC06760_11zon (1).jpg
undefined

नेफ्स्कूनका पूर्व अध्यक्ष समेत रहनुभएका कड्फन अध्यक्ष डीबी बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा अभियन्ताहरुले कड्फनको स्थापना दिवस पूर्व अभियानकर्मी र वर्तमान अभियानकर्मीहरुबीचको पुनर्मिलनको कार्यक्रम पनि भएको बताउनुभयो । 

कड्फन केवल नेफ्स्कूनको मात्र नभइ समग्र बचत तथा ऋण सहकारी अभियानको सहयोगी संस्था भएको धारणा वक्ताहरुको थियो । त्यसैले यसलाई नेफ्स्कूनभित्र मात्र सीमित नराखी प्रदेश र जिल्ला तहका अभियानकर्मीहरुको पनि आवद्धताको विषयमा सोच्नुपर्ने अभिमत कार्यक्रममा जाहेर भएको थियो ।

चन्द्रप्रसाद ढकाल नेतृत्वको नेफ्स्कूनको वर्तमान सञ्चालक समितिको सक्रियतामा कड्फनलाई ‘रिभाइटलाइज’ गर्ने काम भएकोमा अग्रज साकोस अभियन्ताहरुले खुसी व्यक्त गर्नुभएको थियो भने नेफ्स्कून सञ्चालक समितिले यो समयमा अग्रज अभियानकर्मीहरुको साथ सहयोग नेफ्स्कूनलाई अझै धेरै चाहिएको भन्दै यथोचित सुझावको अपेक्षा समेत राखेको थियो ।

DSC06623_11zon (1).jpg
undefined

कार्यक्रममा सहभागी अग्रज अभियन्ताहरुले पछिल्ला वर्षहरुमा सहकारीहरुको वित्तीय सुशासनको विषय सञ्चारमाध्यममा धेरै उठ्ने गरेको भन्दै नेफ्स्कूनले अनुगमनमा जोड दिनुपर्ने सुझाव राख्नुभयो । अग्रजहरुको अनुरोध थियो, ‘नेफ्स्कूनले अब आफ्ना सदस्यहरुको अनुगमन, अनुगमन र अनुमगन नै गर्ने हो ।’ यस्तै, साकोस अभियानमार्फत भएका राम्रा गतिविधिहरुको प्रचार प्रसार, गहन खोज अनुसन्धान  तथा आवश्यक ‘एक्स्परर्ट अड्भाइस’ दिने थिङ्कट्याङ्कको रुपमा यसलाई विकसित गराउँदै आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनुपर्ने धारणा उहाँहरुले राख्नुभएको थियो । 

२०६८ सालमा दर्ताभएको कड्फनको पछिल्लो (७औं) साधारण सभा  २०८१ पुस १८ गते नेफ्स्कून केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न गरिएको थियो । सोही वार्षिक सभाले नेफ्स्कूनका पूर्व अध्यक्ष डिबी बस्नेतको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ सञ्चालक समिति सर्वसम्मत निर्वाचित गरेको थियो । 

कड्फनको वर्तमान सञ्चालक समितिको उपाध्यक्षमा संघका पूर्व सञ्चालक श्याम बहादुर श्रेष्ठ, सचिवमा पूर्व कोषाध्यक्ष दीपक पनेरु, कोषाध्यक्षमा संघका पूर्व का.मु. प्रमुख कार्यकारी अधिकृत शिव अधिकारी र सञ्चालक सदस्यहरुमा पूर्व लेखा सुपरिवेक्षण समिति संयोजक अर्जुन पुडासैनी, पूर्व सञ्चालक न्हुच्छे नारायण श्रेष्ठ र लेखा सुपरिवेक्षण समिति सदस्य शुभद्रादेवी महतो निर्वाचित हुनुभएको थियो ।

DSC06666-min.JPG
undefined

कार्यक्रममा कड्फनको इतिहास, वर्तमान र भावी मार्गचित्र समेटिएको संक्षिप्त प्रस्तुतीकरण नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले गर्नुभएको थियो । सँगै अग्रजहरुको बिशेष आग्रहमा नेफ्स्कूनको पछिल्लो अवस्थाबारे उहाँले जानकारी गराउनुभएको थियो । 

वित्तीय सहकारीको सवालमा बहसपैरवीमा सहजीकरण, दुरदराजमा रहेका बचत तथा ऋण सहकारीहरुलाई नेफ्स्कूनसँग जोड्ने आदि विषयमा काम गर्ने उद्देश्य बोकेको कड्फनले थुप्रै काम गर्न बाँकी रहेको बक्ताहरुको भनाइ थियो ।

DSC06737_11zon.jpg
undefined

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार