Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
स्वास्थ्य तथा जनसंख्या

‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ’

‘स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौँ’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा पाँच वर्षमा १२ हजार दक्ष जनशक्ति थप्ने गरी प्रक्रिया सुरु भएको बताउनुभएको छ ।  स्वास्थ्य क्षेत्रमा हरेक वर्ष २ हजार ५ सय जनशक्ति थप्ने गरी उक्त प्रक्रिया सुरु भएको जानकारी मन्त्री पौडेलले गराउनुभएको हो । 

व्यवस्थापिका संसद्‍मा मन्त्रालयको बजेटबारे छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले स्वास्थ्य जनशक्ति अभाव भए पनि दशकौँसम्म जनशक्ति थप गर्ने गरी स्वास्थ्य क्षेत्रको संगठन तथा व्यवस्थापन सर्भेक्षण गरेर प्रक्रिया पूरा गरी मन्त्रिपरिषद्‍मा पेस गर्ने गरी अन्तिम चरणमा रहेको बताउनुभयो । उहाँले त्यसकाल लागि नयाँ आर्थिक वर्षमा ९५ अर्ब ८१ करोड विनियोजन गरिएको जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार