काठमाडौं । आईएमई ग्रुपको मुख्य लगानीमा रौतहटमा डेढ अर्ब रुपैयाँ लागतमा एभरेस्ट फाइबर सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा आएको छ। उद्योगले परीक्षण उत्पादन सकेर व्यावसायिक उत्पादन तयारी सुरु गर्न लागेको बताइएको छ ।
आईएमई ग्रुपले वित्तीय क्षेत्रबाट आफ्नो व्यवसाय सुरु गरेकोमा पर्यटनसँगै उत्पादनमूलक उद्योगमा समेत धमाधम लगानी गरिरहेको छ।
विशेष गरी वित्तीय, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा संलग्न आईएमई ग्रुपले कागज कारखाना समेत सञ्चालन गरेको छ।
नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालिले सञ्चालनमा ल्याएको कागज कारखानामा आईएमई ग्रुपको २ अर्ब बढी लगानी छ। २०८१ फागुनमा कागज उद्योग उद्घाटन गरेको ग्रुपले त्यसको ४ महिनामै अर्को उत्पादनमूलक सिमेन्ट बोर्डको उद्योग खोलेको हो।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका ग्रुप अध्यक्ष चन्द्र प्रसाद ढकालले पछिल्ला वर्ष आफ्नो व्यवसायलाई आक्रामक रूपमा विस्तार गरिरहनुभएको छ। उहाँले केही साझेदारसहित सिमेन्ट बोर्ड उद्योग सञ्चालनमा ल्याउनुभएको छ ।
एभरेस्ट फाइबर सिमेन्ट बोर्डको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका आईएमई ग्रुप अध्यक्ष चन्द्र ढकालका छोरा निशान रहनुभएको छ । उद्योगको प्रबन्ध निर्देशकमा प्रदीप पण्डित र कम्पनी निर्देशकमा टासी वाङ्ग्याल लामा हुनुहुन्छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com