काठमाडौं । सुदूरपश्चिम अब साक्षर प्रदेश घोषणा भएको छ । प्रदेशका १५ देखि ६० वर्ष उमेर समूहका नागरिकको साक्षरता प्रतिशत ९५ प्रतिशतभन्दा माथि भएपछि साक्षर प्रदेश घोषणा गरिएको हो । १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएपछि साक्षर घोषणा गर्ने नीतिगत प्रावधान छ ।
सुदूरपश्चिम, देशको चौथो प्रदेशका रुपमा साक्षर घोषणा भएको हो । यसअघि बागमती, गण्डकी र कोशी प्रदेश साक्षर प्रदेशका रूपमा घोषणा भइसकेका छन् । साक्षर नेपाल वर्षको अवधारणाअनुसार वडा, स्थानीय तह, जिल्ला हुँदै प्रदेशलाई साक्षर घोषणा गरिएको हो । सुदूरपश्चिम प्रदेशमा पहिलो साक्षर घोषणा गर्ने जिल्ला दार्चुला थियो ।
सुदूरपश्चिम प्रदेशमा १५ देखि ६० वर्षसम्मको जनसंख्या १६ लाख ८८ हजार ३४ रहेको छ । त्यसको ९६.१९ प्रतिशत अर्थात् १६ लाख २३ हजार ७१९ नागरिक साक्षर रहेको शिक्षा निर्देशनालयको तथ्यांक छ । सबैभन्दा बढी साक्षर प्रतिशत बाजुरामा ९७.३१ रहेको छ भने सबैभन्दा कम अछाममा ९५.५५ प्रतिशत रहेको छ ।
साक्षरता घोषणाको मापदण्ड पूरा भएपछि बिहीबार सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा आयोजित एक कार्यक्रमबीच प्रदेशलाई साक्षर घोषणा गरिएको हो । साक्षर नेपाल वर्ष २०७६ को अवधारणापत्र बमोजिम प्रदेश साक्षरता अभियान समितिको ११ असारको निर्णयानुसार साक्षर प्रदेश घोषणा गरिएको शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको प्रमुख आतिथ्यतामा भएको साक्षर प्रदेश घोषणा कार्यक्रममा प्रदेशका मन्त्री, राज्यमन्त्री, पूर्वमुख्यमन्त्री, प्रदेशसभा सदस्यलगायतको सहभागिता थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com