Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

प्रधानमन्त्री ओली र तान्जानियाका उपराष्ट्रपति फिलिपबीच भेटवार्ता

दोहा (कतार) १५ असार  । प्रधानमन्त्री केपी शर्मा ओली र तान्जानियाका उपराष्ट्रपति डा फिलिप एम पाङ्गोबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त (फाइनान्सिङ फर डेभलपमेण्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा जाने क्रममा रहनुभएका उहाँहरुबीच कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा भेटवार्ता भएको हो ।

भेटवार्ताका क्रममा दुई देशको आपसी र सम्बन्धका विविध आयामबारे कुराकानी भएको थियो । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाललगायत सहभागी हुनुहुन्थ्यो ।
संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्र् ९फाइनान्सिङ फर डेभलपमेण्ट० चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली आज कतारको दोहा आइपुग्नुभएको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण दल नेपाली समय अनुसार राति ११ः१५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेको थियो । प्रधानमन्त्री ओलीलाई कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल, उच्चाधिकारीहरु र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गर्नुभएको थियो । यस्तै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपसचिव चाणक पोखरेल र मञ्चका कतार अध्यक्ष चूडामणि कार्कीले पनि भ्रमण दललाई स्वाग गर्नुभएको थियो । 

प्रधानमन्त्री ओली शनिबार साँझ काठमाडौँबाट प्रस्थान गर्नुभएको थियो । कतार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली असार १५ गते बिहान स्पेनको राजधानी म्याड्रिडमा पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार