Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

नेपाली लेखक संघको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा

नेपाली लेखक संघको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा

मर्चवार । नेपाली लेखक संघको आठौँ राष्ट्रिय अधिवेशन लुम्बिनीमा सुरु भएको छ । उद्घाटन समारोहमा नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली लेखकहरू राष्ट्रको गौरव भएको उल्लेख गर्दै गौतम बुद्ध जन्मिएको भूमि लुम्बिनीमा यस्तो साहित्यिक महोत्सव आयोजना गर्नु आयोजकको उत्कृष्ट निर्णय भएको बताए ।

अधिवेशनमा नेतृत्व चयनका लागि प्रतिस्पर्धा देखिएको छ । निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङका अनुसार अध्यक्ष पदका लागि डा. रत्नमणि नेपाल र वियोगी बुढाथोकी प्रतिस्पर्धामा छन् । सह अध्यक्षमा डा. शैलेन्द्रप्रकाश नेपाल, मनोज न्यौपाने र सन्ध्या पहाडीबीच प्रतिस्पर्धा हुनेछ । महासचिवका लागि प्रकाश बिमिल, नवीनचन्द्र घिमिरे र सोझो गाउँले चुनावी दौडमा छन् भने उपमहासचिवमा नारायण सापकोटा र सरस्वती तिमिल्सेना भिड्ने भएका छन् ।

निर्वाचन समितिका अनुसार अधिवेशनान ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये ६ उपाध्यक्ष, एक कोषाध्यक्ष, चार सचिव र २४  सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएका कारण उक्त पद स्वतः निर्विरोध चयन भएको छ । अधिवेशनको अवसरमा नेपाली काँग्रेसका प्रवक्ता एवं विशिष्ट अतिथि प्रकाशशरण महतले हाल सामाजिक सञ्जालको प्रभावबारे चिन्ता व्यक्त गर्दै पहिलेको जमानामा मानिस पुस्तक खोजीखोजी पढ्ने संस्कार रहेको तर अहिले सामाजिक सञ्जालका कारण दृष्टिकोण सतही बन्दै गएको टिप्पणी गर्नुभयो ।

अधिवेशनमा देशभरका श्रष्टा, लेखक तथा साहित्य प्रेमीको उपस्थिति छ । दुई दिनसम्म चल्ने यस महोत्सवमा विभिन्न साहित्यिक सत्र, विचार गोष्ठी तथा नेतृत्व चयन प्रक्रिया सम्पन्न हुनेछन् । आयोजकले यस अधिवेशनले नेपाली साहित्यिक क्षेत्रमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममा कवि तीर्थ श्रेष्ठ, सल्लाहकार डा. तुलसी भट्टराई र डा. ज्ञानु पाण्डे तथा साहित्यकार बनमाली निराकारले आ-आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार