Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
६८औं राष्ट्रिय सहकारी दिवस

बज्रवाराही साकोसद्वारा ‘स्लो मोटरसाइकल रेस’ आयोजना

बज्रवाराही साकोसद्वारा ‘स्लो मोटरसाइकल रेस’ आयोजना

काठमाडौं । मकवानपुरको थाहा नगरपालिका बज्रवाराहीमा रहेको श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाले ६८औं राष्ट्रिय सहकारी दिवसका अवसरमा ट्राफिक सचेतना तथा स्लो मोटरसाइकल रेस प्रतियोगिता आयोजना गर्ने भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले सहकारी दिवसको अवसरमा उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । 

स्थानीय बाराही चौरमा हुने सो स्लो मोटरसाइकल रेस प्रतियोगितामा सदस्यहरुलाई निःशुल्क भाग लिन पाउने व्यवस्था मिलाइएको संस्थाका व्यवस्थापक रञ्जित अर्यालले जानकारी दिए । शेयर सदस्य बाहेकको हकमा भने सदस्य बन्न योग्य तथा ईच्छुक व्यक्तिहरुलाई सदस्यता शुल्क पूर्ण छुट गरी १०० रुपैयाको शेयर र १०० रुपैयाको मासिक बचत जम्मा गरी सदस्य बनाउने उनले जनाए ।

सदस्य बनेकाहरुलाई प्रतियोगितामा निःशुल्क सहभागी गराइने उनको भनाई छ । सदस्य बन्न नचाहनेले भने १०० रुपैया शुल्क तिरेर प्रतियोगितामा भाग लिन पाउने छन् । प्रतियोगितामा प्रथम हुनेलाई रू ५,०००, द्वितीयलाई रू ३,००० र तृतीय हुनेलाई रू २,००० नगदका साथै प्रमाण पत्र प्रदान गरिने व्यवस्थापक अर्यालले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार