काठमाडौं । सात प्रदेशका प्रमुखहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग आज बिहान भेट गर्नुभएको छ । कोशी प्रदेश प्रमुख परशुराम खापुङ्ग, मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी, वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी र सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पौडेलसँग भेट गर्नुभएको हो ।
भेटका क्रममा प्रदेश प्रमुखहरुले आफ्नो आफ्नो प्रदेशको अवस्थाबारे जानकारी गराउनुभएको थियो । उहाँहरुले आफ्ना प्रदेशले भोग्नुपरेका कठिनाई, कानुन नियममा रहेका अन्यौलहरुको बारे राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो । साथै उहाँहरुले तत्तत् समस्या समाधानमा सम्बन्धित निकायको ध्यानाकर्षणका लागि राष्ट्रपति समक्ष आग्रह गर्नुभएको थियो । जसमा राष्ट्रपति रामचन्द्र पौडेलले सकारात्मक जवाफसँगै आश्वासन दिनुभएको थियो ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com