Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्राधिकरणले नेफ्स्कूनको भूमिका पहिचान गरेर काम गर्ने विश्वास छ: अध्यक्ष ढकाल

प्राधिकरणले नेफ्स्कूनको भूमिका पहिचान गरेर काम गर्ने विश्वास छ: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले  राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत ऋण सहकारी केन्द्रीय संघको भूमिका पहिचान गरेर काम गर्ने विश्वास व्यक्त गरेका छन् । प्राधिकरणले नेफ्स्कून नचिन्ने वातावरण पक्कै नबन्ने धरणा उनले व्यक्त गरेका हुन् । नेफ्स्कूनले हिजो काठमाडौंमा आायोजना गरेको वित्तीय सहकारीहरुको आगामी मार्गचित्र विषयक कार्यक्रममा उनले प्राधिकरण गठन र यसको संरचनासँगै नेफ्स्कूनको भूमिकाका सम्बन्धमा उठेका संशयहरु राख्दै सरोकारवालाहरुसाक्षी राखेर यस्तो विश्वास व्यक्त गरेका हुन् । 

सहकारी अभियानको पछिल्लो विकासक्रम अत्यन्त सकारात्मक रहेको पनि उनले बताए । नेफ्स्कूनसँग आबद्ध बचत तथा ऋण सहकारी संस्थाहरुको गुणस्तर सुनिश्चिताको विषयमा संघले काम गर्ने बताउँदै अध्यक्ष ढकालले भने, 'हामीले निक्कै अघिदेखि आवाज उठाउँदै आएको छुट्टै वित्तीय सहकारी ऐनको आवश्यकता अहिले झनै टड्कारो देखिएको छ ।'

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार