काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकूलता, असहजता र विघ्नबाधाबीच अनुकूलता खोज्न जरुरी रहेको बताउनुभएको छ ।
शनिबार काठमाडौँमा लोक सेवा आयोगका पूर्वअध्यक्ष तथा प्रशासनविद् ‘सुनेको शासनः भोगेको प्रशासन’को लोकार्पण गर्दै उहाँले मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकूलता, असहजता, विघ्नबाधा देखिने गरेको भन्दै त्यसमा अनुकूलता खोज्न जरुरी रहेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘प्रबुद्ध वर्गहरुले हेक्का राख्नुपर्ने कुरा के छ भने तपाईंहरुले नियतको परख गर्नैपर्छ। यो बहुत ठूलो कुरा छ। यो मान्छेको अस्मितासँग जोडिएको कुरा हो। प्रधानन्याायधीशको प्रश्न उठ्दा मैले जिम्मा लिन्छु भनेकै हो। म लिन्छु, कुनै पनि हिसाबले मैले मुकर गर्दिनँ। जुडिसियरीको एउटा पिपुलियर क्यारेक्टर हुन्छ। त्यहाँ न्यायाधीश न्यायधीशबीचमा बसेर न्यायिक निरुपण गर्नुपर्यो भने त्यहाँ डिक्टेड गर्न पाइँदैन। मुलुकमा कुनै काम गर्नलाई जताततै के अनुभूति हुन्छ भने प्रतिकूलता, असहजता, विघ्नबाधा देखिन्छ। प्रतिकूलता, असहजता, विघ्नबाधामा पनि अनुकूलता भेटिन्छ भन्ने मेरो अविचलित विचार हो। संकल्प बोकेर हिँडेको छु म।’
उहाँले अवसरको पहिचान र सदुपयोगमा जोड दिँदै यसमा चुके मुलुक र जनताले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अवसरहरु हाम्रा वरिपरि नाचिरहेका छन्। हाम्रो अकर्मण्यताले हो, उदासिनताले हो, असक्षमताले हो, चिन्न पो सकिएन कि? देख्न पो सकिएन कि, समात्न पो सकिएन कि? अवसरले हामीलाई कहिल्यै पर्खिंदैन। अवसर गुमे मुलुक र जनताको बेहाल हुन्छ। त्यसैले हाम्रा वरपर रहेका अवसरहरुलाई हाम्रा सुक्ष्म दृष्टिले, चेतनाका ति प्रतिविम्बहरुले नियाल्न अब पनि ढिलो भयो भने मुलुकले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। म अहिलेको लागि मात्रै भन्दिनँ। यो अवसर कसरी गुम्यो भन्ने सबैलाई थाहा छ। शासन र प्रशासन भन्ने दुई वटा शब्दबाट सुशासन भन्ने कुरा आउँछ।’
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com