Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

बहराइनबाट 'उज्यालो अभियान'

बहराइनबाट 'उज्यालो अभियान'

काठमाडौँ  । नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गर्नुभएको छ ।
बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उहाँले त्यस्तो घोषणा गर्नुभएको हो । नेपाली श्रमिक आबद्ध भएका विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाली संघको तर्फबाट घिसिङलाई अभिनन्दन गरिएको थियो  ।

नागरिक अभिनन्दन ग्रहण गर्दै घिसिङले भन्नुभयो ‘म कुनै पनि पार्टीको झन्डा लिएर आएको होइन। म कुनै पार्टीको घोषणा गर्न बहराइन आएको होइन। म सरकारी कर्मचारी वा सरकारको प्रतिनिधि भएर पनि आएको होइन,’ घिसिङले भने,‘एउटा जिम्मेवार नगारिक भएको हिसावले तपाईहरुसँग हातमा हात मिलाउन, साथमा साथ मिलाउन र तपाईहरुको संकल्पलाई अभियानको रुपमा अगाडि बढाउन आएको हुँ ।’ उनले बहराइनबाट उज्यालो अभियान सुरु गरेको बताए । ‘यो उज्यालो अभियान बहराइनबाट सुरु गरेका छौं । यो अभियान अरु देशमा पनि पुग्नेछ,’ उनले भने, ‘तपाईहरू कसरी अगाडि बढ भन्नुहुन्छ, त्यसरी नै मेरो पाइला अगाडि बढनेछ ।’

घिसिङ बहराइनपछि युएइ, ओमान र कतारमा विभिन्न संघ संस्थाले आयोजना गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ । अगष्ट महिनामा उनी अमेरिका र बेलायत जाने कार्यक्रम रहेको छ।  

पदावधि सकिन झन्डै चार महिना मात्रै बाँकी रहेका घिसिङलाई कार्य सम्पादनमा शून्य नम्बर दिंदै गत चैत्र महिनामा सरकारले बर्खास्त गरेपछि उहाँ सरकारको उक्त निर्णय विरुद्ध सर्वोच्च जानुभएको थियो ।  उहाँले सुरु गरेको ‘उज्यालो अभियान’ लाई राजनीतिक सक्रियताको सम्भावनासँग पनि जोडेर हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार