२१ असार, ललितपुर। ललितपुर स्पोर्ट्स क्लबद्वारा आयोजना गरिएको वीर गणेशमान सिंह स्मृति खुल्ला राष्ट्रिय र्यापिड रेटिङ प्रतियोगितामा दोलखाका आशिष फुयाल विजयी भएका छन् । ललितपुरको हरिहर भवन स्थित राष्ट्रिय सहकारी महासंघको सभा हलमा सम्पन्न खुल्ला चेस प्रतियोगितामा आशिष फुयालले सात चरणको खेल मार्फत ६.५ अङ्क प्राप्त गर्दै विजयी भएका हुन्। कुल १०३ जना राष्ट्रिय खेलाडीहरू सहभागी रहेको प्रतिस्पर्धामा आशिषले विजयी बन्दै नगद पुरस्कार रु. २० हजार, ट्रफी, स्वर्ण पदक हात पारेका छन्।
स्पर्धामा रौतहटका एफएम रुपेश जयसवालले एकल ६ अङ्क जोडेर द्वितीय बन्दै नगद पुरस्कार रु.१५ हजार र रजत मेडल प्राप्त गर्न सफल भएका छन्। अन्तिम खेल पश्चात ५ दशमलव ५ अङ्क प्रोग्रेसिभ ३२ पोइन्टका आधारमा काठमाडौँका सीएम पुरुषोत्तम सिलवाल तृतीय बन्न सफल भए। उनले नगद १० हजार र काश्य पदक प्राप्त गरेका छन्। समान ५.५ अङ्क प्राप्त गरेका खोटाङका धिरेन राईले म्याच प्वाइन्ट ३०.५ र टाइब्रेक २६.५ जोडेर चौथो स्थानमा उभिँदै नगद ८ हजार प्राप्त गरेका छन्।
मकवानपुरका एफएम क्षितिज भण्डारी समान अंक, समान म्याच प्वाइन्ट र टाइब्रेकर २६ मा .५ ले पछि रहँदै पाचौं स्थानको नगद पुरस्कार रु. ६ हजार जितेका छन्। समान ५.५ अङ्क जोडेर सुनसरीका मुहान नरसिंह श्रेष्ठ, ललितपुरका बद्रीलाल नेपाली, रौतहटका पुरुषोत्तम चौलागाईं, काठमाडौँका केशव श्रेष्ठ र ललितपुरका सुरज महर्जनले छैठौंदेखि दशौं स्थानसम्म रहँदै जनही चार चार हजार नगद पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
यसैगरी कास्कीकी पूजा भण्डारी ४ अङ्क जोडेर महिला विधातर्फ प्रथम, काठमाडौँकी सिन्दिराज जोशी द्वितीय र सुनसरीकी शान्ति धिमालले तृतीय स्थान प्राप्त गरेका छन्। युवा १६ तर्फ काठमाडौँका आदित्य गजुरेल, सिन्धुपाल्चोकका सजल न्यौपाने र कञ्चनपुरका शुभम जोशी, युवा १४ तर्फ काठमाडौँका अनमोल घिसिङ, हर्ष वर्धन राठी, कञ्चनपुरका सार्थक पन्त, अनरेटेड तर्फ सोहोम श्रेष्ठ, जेनिसलाल श्रेष्ठ, विपिन आचार्य उत्कृष्ट ३ मा पर्न सफल भएका छन्।
यस्तै उत्कृष्ट क्रमश: ललितपुरतर्फ रत्न व्यञ्जनकार, सानो राजा बज्राचार्य र कमल श्रेष्ठ, उत्कृष्ट सिनियर तर्फ भक्तपुरका गणेशमान दुवाल, १८०० रेटिङ मुनि नुवाकोटका सुरेन्द्र लामा र १७०० रेटिङ मुनि धादिङका तारामान श्रेष्ठ पुरष्कृत भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित कार्यसमितिलाई नेपाल बुद्धिचाल महासंघले गरे सम्मान । नेपाल खेलकुद पत्रकार मञ्चको हालै सम्पन्न साधारण सभाबाट निर्वाचित हुन सफल कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई एक समारोह बीच नेपाल बुद्धिचाल महासंघले सम्मान गरेका छन्।
नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हिराकाजी महर्जनको सभापतित्वमा सञ्चालन भएको उक्त कार्यक्रममा प्रमुख अतिथि ललितपुर जिल्ला समन्वय समितिका अध्यक्ष ऋषि फुयालले सम्मान गरेका छन्। बधाई तथा सम्मान कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका नवनिर्वाचित अध्यक्ष निरञ्जन अधिकारी, प्रथम उपाध्यक्ष प्रज्वल ओली, उपाध्यक्ष द्वय सञ्जीव शिल्पकार र गोविन्द रेग्मी, महासचिव अन्जन खड्का, सचिव अनिल मल्ल ठकुरी र कोषाध्यक्ष मुना कार्की लाई सम्मानपत्र प्रदान गरिएको थियो।
यसैगरी खुला सदस्यतर्फ निर्वाचित रमेश सुवेदी, कवीरस शर्मा, अभिनव जोशी र महिला सदस्य नमिता दाहाल सम्मानित भएका छन्। सम्मान ग्रहण गर्दै नेपाल खेलकुद पत्रकार मञ्चका कार्यवाहक अध्यक्ष प्रज्वल ओलीले खेल संघहरुको उत्कृष्ट गतिविधिले खेलाडीहरूको भविष्य निर्धारण हुने धारणा राख्दै नेपाल बुद्धिचाल महासंघको क्रियाकलाप प्रति विश्वस्त रहने ठाउँ धेरै भएको अभिव्यक्ति दिएका छन्। का.वा. अध्यक्ष प्रज्वल ओलीले नेपाल खेलकुद पत्रकार मञ्च नेपाली खेलक्षेत्रलाई विशुद्ध खेल क्षेत्रको बृहत्तर विकासको निम्ति पहली कदम गरिरहने बताएका छन्।
आम नेपाली नागरिकहरूलाई खेल क्षेत्रको विषयमा सुसुचित गराउने, नेपाल सरकार र यस अन्तर्गत रहेका सम्पूर्ण तहगत खेल क्षेत्रलाई नेतृत्व प्रदान गर्नेहरूप्रति चनाखो रहेर यथार्थ परक खेल समाचारहरूको सम्प्रेषण गर्ने कार्यप्रति प्रतिबद्धता जनाउनु भएका छन्। बधाई तथा सम्मान कार्यक्रम सँगसँगै वीर गणेशमान सिंह स्मृति चेस प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै ललितपुर जिल्ला विकास समन्वय समितिका अध्यक्ष ऋषि फुयालले पत्रकारहरू खेलाडी र खेल संघको पुलको भूमिकामा रहनुपर्ने विचार राख्दै विजयी खेलाडीहरूलाई प्रगतिको कामना गरेका छन्।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com