Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

डिजिटल गगनको यात्रामा 'आकाश', बज्रबाराही सहकारीसँग सम्झौता

डिजिटल गगनको यात्रामा 'आकाश', बज्रबाराही सहकारीसँग सम्झौता

काठमाडौं । साँच्चिकै डिजिटल गगनको यात्रामा उडिरहेको छ 'आकाश' । सफ्टवेयर सेवाप्रदायक कम्पनी आकाश डिजिटलले निरन्तर आफ्नो सेवा बिस्तार गर्दै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्नो सेवा विस्तार गर्दै लगेको छ ।
 
यही निरन्तरताको पछिल्लो उदाहरण हो, थाहा नगरपालिका–६, बज्रबाराही, मकवानपुर स्थित बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्झौता ।  आकाश डिजिटल प्रा. लि. र बज्रवाराही बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच डिजिटल दस्तावेज व्यवस्थापन प्रणाली (DMS) तथा कार्य स्वचालन सफ्टवेयर सञ्चालनसम्बन्धी सम्झौता सम्पन्न भएको छ।
 
सूचना प्रविधिको प्रयोग र सुशासनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बज्रवाराही सहकारी अब डिजिटल रूपान्तरणमा उदाहरणीय सहकारीका रूपमा अघि बढेको छ।
 
 कम्पनीले यसलाई क्लाइन्टहरुको 'कन्भिक्सन' को रुपमा अर्थाएको छ । प्रभावकारिता, गुणस्तरीयता र पहुँचयोग्य सेवामा आकाश डिजिटलले जोड दिदैं आएको जनाएको छ । यसैका कारण सेवा बिस्तारले गति लिएको दाबी कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार