Sep 18 2026 | २०८३, असोज २ गते

Sep 18 2026 | २०८३, असोज २ गते

Follow us
सूचना प्रविधि

नेपालको पहिलो इन्टरनेट म्युजियम ‘वर्ल्डलिंक सङ्ग्रहालय’ सञ्चालनमा

नेपालको पहिलो इन्टरनेट म्युजियम ‘वर्ल्डलिंक सङ्ग्रहालय’ सञ्चालनमा

काठमाडौँ । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सङ्ग्रहालय स्थापना गरेको छ । कम्पनीले नेपालको इन्टरनेट विकासको इतिहास र आफ्नो सङ्घर्षपूर्ण यात्रालाई जीवन्त राख्ने उद्देश्यले सोमबारदेखि ‘वर्ल्डलिंक सङ्ग्रहालय’ सञ्चालनमा ल्याएको हो ।

ललितपुरको कुसुन्तीस्थित वर्ल्डलिंकको मुख्य कार्यालयमा रहेको सङ्ग्रहालयमा वर्ल्डलिंकले आफ्नो स्थापना कालदेखि हालसम्म प्रयोगमा ल्याएका विभिन्न प्रविधि र उपकरणलाई प्रदर्शनमा राखेको छ । 

यीमध्ये अधिकांश प्रविधि अहिले प्रयोगमा नरहे पनि तिनले नेपालको इन्टरनेट इतिहासका महत्त्वपूर्ण चरणहरूलाई प्रतिनिधित्व गर्ने कम्पनीले जनाएको छ । वर्ल्डलिंकले यो सङ्ग्रहालयलाई अध्ययन, अवलोकन र अनुसन्धानको थलो बन्ने विश्वास लिएको छ । 

यसले भविष्यमा नेपालको इन्टरनेट प्रविधिको क्रमिक विकास बुझ्न महत्त्वपूर्ण आधार प्रदान गर्ने कम्पनीको विश्वास छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार