काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ३० हजार मेट्रिक टन युरिया मल कोलकोत्तामा अवतरण भइसकेको र नेपाल भित्र्याउने तयारी भइरहेको जनाएको छ । यस्तै २२ हजार मेट्रिक टन युरिया हाल स्रोत मुलुकबाट लोडिङ भई कोलकोत्ता आउँदै छ। साथै, ३० हजार मेट्रिक टन डिएपी पनि असार २५ सम्म कोलकोत्तामा आइपुग्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले चालु आर्थिक वर्ष २०८१र८२ का लागि अनुदानित रासायनिक मल आपूर्ति, मौज्दात र बिक्रीको अवस्था पनि सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार कुल ५ लाख ५० हजार मेट्रिक टन मल आपूर्तिको वार्षिक लक्ष्यसहित २७ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। हालसम्म सोही परिमाणमा मल टेण्डर भइसकेको छ।
हालसम्म युरिया, डिएपी र पोटास गरी ३ लाख ८० हजार ४९४ मेट्रिक टन मल आपूर्ति भइसकेको छ। तीमध्ये कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले क्रमशः ३ लाख १० हजार ११० टन मल आपूर्ति गरेका छन्। युरिया मात्रमै २ लाख ४३ हजार ९४९ मेट्रिक टन आपूर्ति भएको छ, जुन सबैभन्दा ठूलो परिमाण हो।
गत आर्थिक वर्षको बाँकी मौज्दातसहित हाल देशभर करिब ९४ हजार ७१७ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको मन्त्रालयले जनाएको छ। युरिया ६७ हजार ५८३, डिएपी १९ हजार २१४ र पोटास ७ हजार ९१९ मेट्रिक टन मौज्दात रहेको छ।
उता, गत आवको मौज्दातसहित गरेर हालसम्म ४ लाख २३ हजार २०६ मेट्रिक टन मल किसानलाई बिक्री गरिएको छ। युरिया २ लाख ५६ हजार ६१७, डिएपी १ लाख ५० हजार ४७७ र पोटास १६ हजार १११ मेट्रिक टन विक्री भएको मन्त्रालयको विवरणमा उल्लेख छ।
यसैबिच, असार २३ गते एकै दिन ३८ हजार ४८२ बोरा मल विक्री भएको तथ्यांक सार्वजनिक गरिएको छ।
मन्त्रालयले मल आपूर्तिमा देखिएको गति र मौज्दातको अवस्थालाई सन्तोषजनक भने पनि किसानलाई सिजन अनुसार पर्याप्त मल उपलब्ध गराउन अझै पनि थप प्रयास आवश्यक रहेको देखिन्छ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com