Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

प्यालेस्टाइनी जनताको पक्षमा काठमाडौंमा प्रदर्शन गर्दै १२ वामपन्थी दल

प्यालेस्टाइनी जनताको पक्षमा काठमाडौंमा प्रदर्शन गर्दै १२ वामपन्थी दल

काठमाडौं । १२ वामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा काठमाडौंमा प्रदर्शन गर्दैछन् । संघीय संसदमा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना वामपन्थी दल र संगठनहरूले दिउँसो १ बजे शान्तिवाटिक, रत्नपार्कमा प्रदर्शन गर्न लागेका हुन् । संसद बाहिरका नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व पनि प्रदर्शनमा सहभागी हुनेछन् ।

इजरायली हमलामा हजारौं निर्दोष प्यालेस्टाइनीको हत्या भएपछि त्यसको विरोध स्वरुप नेपालका वामपन्थी दलहरूले प्रदर्शन गर्न लागेका हुन् । 

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, नेपाल, नेकपा (मसाल), नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल, नेकपा, नेकपा (बहुमत), नेपाल समाजवादी पार्टी, जसपा, देशभक्त समाजवादी स्कुल र राजनीतिक सम्वाद अभियान आजको प्रदर्शनमा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार