Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

ऋणीका गुनासा सुन्न ‘ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गरिने

ऋणीका गुनासा सुन्न ‘ऋणीसँग राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ऋणीका गुनासा सुन्न ‘ऋणीसँग नेपाल राष्ट्र बैंक’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८२र८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर डा विश्वनाथ पौडेलले यस्तो घोषणा गर्नुभएको हो । ‘ग्रामीण क्षेत्रमा ऋणहरुसँग निरन्तर सम्बाद गर्ने उदेश्यले ऋणीसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गरिने छ,’ गभर्नर पौडेलले भन्नुभयो ।

‘बैंक तथा वित्तीय संस्थाले विद्यमान कानूनी प्रक्रिया अन्तर्गत रही आफ्नो कर्जा नियमित गर्दा वा असूली लगायतका कार्य गर्दा देखिएका अवाञ्छित गतिविधिबाट सिर्जित जोखिम निरुपणका लागि सरकारका सम्बन्धित निकायसँग आवश्यक समन्वय गरिने छ,’ गभर्नर पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार