काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को खतराको सूचीबाट हटेको छ । युनेस्को वर्ल्ड हेरिटेज कमिटीको पेरिसमा जारी ४७ औँ विश्व सम्पदा समितिको बैठकले एक वर्षका लागि लुम्बिनीलाई खतराको सूचीमा नराख्ने निर्णय गरेको हो । बैठकले लुम्बिनीमा संरक्षणमैत्री र सुधारका काम भइरहेको ठहरसहित यो निर्णय गरेको हो। साथै लुम्बिनीको समग्र अवस्था बुझ्न युनेस्कोले रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाउने निर्णय पनि गरेको छ ।
यो मिसनले स्थलगत अवलोकन गरेर दिने प्रतिवेदनका आधार पुनः लुम्बिनी खतराको सूचीमा पर्ने वा नपर्ने निर्णय हुने जानकारी दिनुभयो । यसअघि पनि वल्र्ड हेरिटेज सेन्टर र इकोमसले २०२२ मा सम्पदाविज्ञ रोलेन लिन र प्रोफेसर कारिया संलग्न रहेको रिएक्टिभ मनिटरिङ मिसन लुम्बिनी पठाएको थियो । उक्त मिसनले दिएको प्रतिवेदनका आधारमा युनेस्कोले २०२४ मा लुम्बिनीलाई सम्भावित खतराको सूचीमा राखेको थियो ।
दिल्लीमा गत साउनमा आयोजित ४६ औँ विश्व सम्पदा समितिको बैठकले लुम्बिनीलाई एक वर्षसम्म खतराको सूचीमा नराख्ने निर्णय गरेको थियो । भारतले एक वर्षका लागि सुधार गर्ने मौका दिनुपर्ने भन्दै संशोधन प्रस्ताव पेस गरेको थियो ।
उक्त बैठकमा सुरुमा १९ देशले भारतको प्रस्तावको स्वागत गरेका थिए । त्यस प्रस्तावको विरुद्धमा १२ बुँदे सुधारको खाका तयार गरिएको थियो । सो खाकाको आधारमा बिहीबार सम्पन्न सम्पदा समितिको २१ राष्ट्र सम्मिलित बैठकले नेपाललाई एक वर्ष मौका दिएको हो । लुम्बिनी विकास कोषले सबै कुरा समेटेर काम गरेको र यसले राम्रो परिणाम दिएको भन्दै अब संरक्षणमैत्री कामलाई निरन्तरता दिने जनाएको छ ।
Chairman and Editor
रञ्जनमणि पौड्याल
Sub-Editor
राजनमणि पौड्याल
Managing Director
पोषणा रिमाल
४९६२/२०८१-२०८२
९८५१४०५१२७, ९७०६६५६२०२,
ranjanmanip@gmail.com
आर.एम.पी. मिडिया प्ल्याटफर्म प्रा. लि.
कागेश्वरी मनोहरा नगरपालिका–५, थली, काठमाडौं
सूचना तथा प्रसारण विभाग दर्ता नं ४९६२/२०८१-२०८२
प्रेस काउन्सिल नेपाल सूचीकरण प्रमाणपत्र नं: ४९५४-२०८१/०८२
कम्पनी दर्ता नं: ३५९१२४/८१-८२
मोबाइल सम्पर्क: ९८५१४०५१२७, ९७०६६५६२०२, ९८४९९९५६२४
इमेल सम्पर्क: rmp@dhipri.com, marketing@dhipri.com, content@dhipri.com