Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us

सहकारीका विद्यमान बेथिति सुधार्ने गरी काम गर्न प्राधिकरणका नवनियुक्त अध्यक्षलाई मन्त्रीको निर्देशन

सहकारीका विद्यमान बेथिति सुधार्ने गरी काम गर्न प्राधिकरणका नवनियुक्त अध्यक्षलाई मन्त्रीको निर्देशन

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्मालाई यस क्षेत्रमा व्याप्त बेथिति सुधार्ने गरी काम गर्न निर्देशन दिनुभएको छ । प्राधिकरणका नवनियुक्त अध्यक्ष  शर्मालाई शपथ ग्रहण गराउँदै मन्त्री अधिकारीले सहकारीका बेथिति सुधार्न निर्देशन दिनुभएको हो ।

सहकारी अभियानको माग बमोजिम दोस्रो तहको नियामक निकायका रुपमा गठित प्राधिकरणमार्फत यस क्षेत्रमा समस्याहरू समाधान हुने समेत मन्त्री अधिकारीले विश्वास व्यक्त गर्नुभयो । मन्त्री अधिकारीले तीन तहकै सहकारीको नियमन, निर्देशन र निगरानी गर्ने काम प्राधिकरणको कार्यक्षेत्रभित्र रहेको उल्लेख गर्दै समस्याग्रस्त सहकारीहरूको बचत फिर्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सुझाउनुभयो ।

कर्जा असुली न्यायाधिकरण, नियमन प्राधिकरणलगायतका हाल गठन भएका यस्ता संरचनाले सहकारीको मर्म र लक्षित उद्देश्यअनुसार काम गर्नुपर्ने मन्त्री अधिकारीको भनाई थियो ।  यसैबीच, प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. शर्माले आजैबाट कार्यभार सुरु गर्नुभएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार