Sep 19 2026 | २०८३, असोज ३ गते

Sep 19 2026 | २०८३, असोज ३ गते

Follow us
६८औं राष्ट्रिय सहकारी दिवस

महासंघद्वारा सम्मान तथा पुरस्कार घोषणा

महासंघद्वारा सम्मान तथा पुरस्कार घोषणा

काठमाडौं : राष्ट्रिय सहकारी महासंघले यस वर्षको पुरस्कार तथा सम्मान पाउने व्यक्ति र सहकारीको नाम घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र राष्ट्रिय सहकारी महासंघले संयुक्त रुपमा आयोजना गरेको ६८औं राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ मूल समारोह कार्यक्रममा पुरस्कार तथा सम्मान पाउने व्यक्ति र सहकारीको नाम घोषणा गरेको हो ।
 
महासंघका उपाध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक डी.बी. बस्नेतले पुरस्कृत हुने सहकारी तथा व्यक्तिको नाम घोषणा गरेका थिए । महासंघले हरेक वर्ष राष्ट्रिय सहकारी दिवसमा पुरस्कार घोषणा गरी अन्तर्राष्ट्रिय सहकारी वर्षमा पुरस्कार प्रदान गर्ने गर्दछ ।

पुरस्कार तथा सम्मान पाउने व्यक्ति र सहकारी

राष्ट्रिय सहकारी पुरस्कार : गोविन्द प्रसाद उप्रेती
सहकारी पत्रकारिता पुरस्कारः माधब खड्का, नेपालपत्र न्यूज
उत्कृष्ट सहकारी कर्मचारी पुरस्कारः लक्ष्मी ज्ञवाली, व्यवस्थापक, जिल्ला सहकारी संघ लि. रुपन्देही
उत्कृष्ट सहकारी पुरस्कार (केन्द्रीय संघबाट) : नेपाल कृषि सहकारी केन्द्रीय संघ लि.
उत्कृष्ट सहकारी पुरस्कार (जिल्ला संघबाट) : दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.

उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार (प्रारम्भिक संस्थाबाट)

कोशी प्रदेशः मेची कृषक बहुमुखी सहकारी संस्था लि मेचीनगर ७,झापा
मधेश प्रदेशः महिला साना किसान कृषि सहकारी संस्था लि., लक्ष्मीनियाँ गा.पा ७, धनुषा
बागमती प्रदेशः सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.,पनौति ४, काभ्रेपलाञ्चोक
गण्डकी प्रदेशः ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी संस्था लि., अर्जुन चौपारी स्याङजा
लुम्बिनी प्रदेशः इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लि., बुटवल ८, सुख्खानगर धर्मपथ,रुपन्देही
कर्णाली प्रदेशः चन्दननाथ बहुउद्धेश्यीय सहकारी संस्था लि., चन्दननाथ ५ जुम्ला
सुदूरपश्चिम प्रदेशः जीवनज्योति बचत तथा ऋण सहकारी संस्था लि., दशरथ चन्द न.पा, बैतडी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार